नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

2019 डिसेम्बरमा, चीनको वुहानमा निमोनिया प्रकोप देखा पर्यो। 31 डिसेम्बर 2019 मा, प्रकोप नोबल कोरोना भाइरसको कारणले पत्ता लागेको थियो जुन विश्व स्वास्थ्य संगठन (WHO) द्वारा अन्तरिम नाम 2019-nCoV दियो, पछि पुन: नाम दिए SARS- CoV-19 । महामारीको कारण विश्वव्यापी यात्रा प्रतिबन्ध र राष्ट्रव्यापी लकडाउन भयो।

येस महामारीका कारण संसार भरि नै जन-धनको क्षेती भएको देखिन्छ र अझै पनि हुने क्रम रोकिएको छैन । विभिन्न देशका बैज्ञानिकहरु रात दिन नभनिकन येस रोग संग लड्नका निम्ति र खोप पत्ता लगाउनका निम्ति खटिनु भएको कुरा सबैलाई बिधित नै छ । येसैगरि विभिन्न संघ संस्थान, प्रहरी निकाए, स्वास्थ्य कर्मी, पत्रकारजन, राजनीतिज्ञ, कुटनितिज्ञ, र सामाजिक अभियन्ताहरुको पनि येस महामारी संग लड्नकालागि महत्वोपूर्ण योगदान रह्यो ।

२०२१ अप्रिल १५ मा United Nations for Women Empowerment Coalition, International Arts Act, Farah Delence Foundation को संयुक्त आयोजनामा COVID-19 का नायकहरुलाई सम्मान गर्नका लागी “Captain Sir Tom Moore Memorial Medal” मेडल प्रदान गरियो । अमेरिका, इंडिया, जर्मनी, फ्रान्स, सिंगापुर, अफ्रीका, नेपाल, लगायत अन्य मुलुकका COVID-19 का नायकहरुलाई एक online कार्येक्रमका बीच सम्मान गरिएको थियो । मेडल पाउनेहरुमा नेपालबाट अनुसन्धान बैज्ञानिक डा निरन्जन कोइराला, मेडिकल डा अनुप बास्तोला, अग्रज कुटनितिज्ञ मोहन कृष्ण श्रेष्ठ, अग्रज पत्रकार भरत लामिछाने, अग्रज प्रहरी SP गोबिन्द थपलिया, र कान्तिपुर टिवीका उप सम्पादक तथा रिपोर्टर दिर्घपानी उपाध्याय रहनु भएको छ । Captain Sir Tom Moore Memorial Medal मेडल पाउने उहाहरु नेपालको तर्फाबाट प्रथम ब्यक्तित्वो हुनुहुन्छ।

अनुसन्धान बैज्ञानिक डा निरन्जन कोइराला भन्नुहुन्छ “म यस प्रतिष्ठित पदक पाउँदा र मेरो देश नेपालको नाम उच्च राख्न पाउदा धेरै खुसी छु । म जस्ता जैविक-रसायन ईन्जिनियरहरूले भाइरसको जीनोमलाई अनुसन्धान गरेर यसको सम्भावित उत्पत्ति र खोप खोजि गर्न सक्दछन् । खोपहरूले सुरक्षाको निर्माणको लागी हामीहरुको शरीरको प्राकृतिक सुरक्षाको साथ काम गरेर रोग लाग्ने जोखिमहरूलाई कम गर्दछ। जब हामी खोप लिन्छौ, हामीहरुको प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ । खोपले प्रतिजीवी (एन्टिबडीहरू) उत्पादन गर्दछ। एन्टिबडीहरू रोग प्रतिरोध गर्न प्रतिरोधात्मक प्रणालीद्वारा स्वाभाविक रूपमा उत्पादन गरिएको प्रोटिनहरू हुन्। हामीले यस महामारीलाई गम्भीरताका साथ लिनुपर्दछ । सजक रहौ सुरक्षित रहौ ।”