पोखराको आकाशे पुल यस्ताे बन्याे (भिडियाेसहित)

पोखरा महानगरले पोखराको सिर्जनाचोकमा आकाशे पुल निर्माण गर्दैछ । करिब साढे २ करोड लागतमा आकाशे पुल बनाउन लागिएको हो । पुलको डिजाईन र स्टिमेट समेत तयार भैसकेको छ ।

२ करोड ४१ लाख रुपैयाँमा टेण्डर आह्वान गर्न लागिएको महानगरका मेयर मानबहादुर जिसीले जानकारी दिए । पोखरामा बढ्दो ट्राफिक चापका कारण सिर्जनाचोक सहित पृथ्वीचोकमा पनि आकाशे पुल बनाउने तयारी भैरहेको छ ।

‘अहिलेलाई सिर्जनाचोकमा काम सुरु गरिहाल्छौं । पृथ्वीचोकको पुलको पनि स्टिमेट र डिजाईन फाईनल हुँदैछ, मेयर जिसीले भने–यताको कामका लागि केही दिनमा टेण्डर निस्किन्छ ।’

१५ महिनाभित्रै पुल बनाईसक्ने महानगरका डिभिजन इन्जिनियर शोभित खड्काले जानकारी दिए । ‘एकैबर्षको बजेटले काम गर्न सकिँदैन । यो बर्ष सकिन लागि सक्यो पनि, उनले भने–२०७८ को असार मसान्तभित्रै काम सक्ने गरि प्रक्रिया अघि बढाउछौं ।’

आकाशे पुल निर्माणका लागि कास्की क्षेत्र नम्बर २ का सांसद तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रम मार्फत ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । बाँकी रकम महानगरपालिकाले खर्च गर्नेछ ।

हेर्नुहाेस् भिडियाेः