रचना रिमाल लोकप्रिय गायिका लाई प्रेम सापकोटा ‘सोनु’ले मुटु बैना दिने भएपछि भयो हंगामा (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा आफ्ना हरेक उत्कृष्ट सिर्जना मार्फत सबैको मन जित्दै आइरहेका गायक तथा कुशल सर्जक प्रेम सापकोटा सोनुको नयाँ गीत मुटु बैना भर्खर मात्र सार्वजनिक भएको छ ।

उत्कृष्ट लय र शब्द सिर्जना गर्न सक्ने क्षमता भएका सोनुले जापानबाटै आफ्ना सिर्जनाहरु दर्शक माझ ल्याउदै आएका छन । उनको पछिल्लो गीत पनि निकै दमदार र उत्कृष्ट रहेको छ । गीतलाई आयान न्यौपानेले लय तथा शब्द सिर्जना गरेका छन भने आवाजमा सापकोटालाई रचना रिमालले साथ दिएकी छन ।

गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक स्मृति तिमिल्सीनाले निकै मेहनत गरेर निर्देशन गरेकी छन भने अर्जुन सापकोटा र अञ्जली अधिकारीले अभिनय गरेका छन । गीतलाई प्रकास धमलाले सम्पादन गरेका छन भने आरजी मिडियाले बजार ब्यवस्थापन गरेको छ ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :