के भयो यी आमालाई ? किन आफैले जन्माएको ४२ दिनको छोरालाई घाँटी थिचेर मारिन्, हेर्नुहोस यस्ताे छ कारण

के भयो यी आमालाई ? किन आफैले जन्माएको ४२ दिनको छोरालाई घाँटी थिचेर मारिन्, हेर्नुहोस यस्ताे छ कारण

आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

बिहीबार राति अन्दाजी ११ :३० बजेको समयमा आफ्नै शिशुको हत्या गरेको अभियोगमा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं -२ नौडाँडा बस्ने २२ वर्षीया गिता कुँवर सुनारलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं -३ घोसाखानी स्थायी घर भइ हाल नौडाँडा बस्दै आएकी उनले आफ्नै ४२ दिनको नवजात शिशुको हत्या गर्नुको कारणबारे खुलिसकेको छैन । यद्यपी उनीमाथि कर्तव्य ज्यान सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।

यसै विषयमा हामीले स्थानियहरुसंग यस विषयमा कुराकानी गरेका छौँ । हेर्नुहोस यो कार्यक्रम :