रेशम निर्दाेश र कृष्णा परियारले सारङ्गी संसारमा एकाएक मन परायकाे रहस्य खोलेपछि भयो हंगामा (भिडियोसहित)

केपि कुमार जलन,बागलुङ

प्रस्तुत दाेहाेरीकाे उठान शब्द साराङगी संसार मार्फत गायक रेशम निर्दाेश र बरिष्ठ गायिका कृष्ण परियार बिचकाे दाेहाेरीमा प्रस्तुत गरिएकाे शब्द हाे । पुराना माैलिक र एकल गित बढि गाउने बरिष्ठ गायिका कृष्ण परियारलाई खासै प्रत्यक्ष दाेहाेरीमा देखिदैन यधपि उनले गायका लाईभ दाेहाेरी कम मात्रमा सुनिन्छ तर उनकाे दाेहाेरी प्रस्तुतीकरणले साच्चिकै अाम दर्शाककाे मन जितेकाे छ ।

उनमा गाउने शैली र शब्दले पनि उनी दाेहाेरी गाउन पनि अब्बल रहेकाे प्रमाणित गरिदिएकाे छ । साराङगी संसारकाे एपिसाेड २२५ मा बरिष्ठ गायिका कृष्ण परियार र सुमधुर अाबजका धनी रेशम निर्दाेश बिचकाे दाेहाेरी निकै उत्कृष्ट रहेकाे थियाे ।

गायक रेशम निर्दाेशले दाेहाेरी उठानकाे शुरूवातैमा माया प्रेम बिचकाे अन्तरभाब र एक अर्काले मन परायकाे कुरा ब्याक्त गरिएकाे छ । प्रस्तुत दाेहाेरी गायक रेशम निर्दाेशकाे संकलनमा रहेकाे थियाे । पहिलाे पटक साराङगी संसारमा प्रस्तुत गरिएकाे दाेहाेरीमा गायिका कृष्ण परियारलाई संगिता हर्मेल र रिया खडकाले साथ दिएका छन भने रेशम निर्दाेशलाई कमल कुमार बिक र माेहन केसिले साथ दिएका छन ।

साेही एपिसाेडमा उपचारकाे लागि पाेखरामा रहेका बरिष्ठ गायिका कृष्ण परियारकाे भाइ पानु परियारकाे सहयाेगका लागि साराङगी संसारले थालेकाे सहयाेग अभियान अन्तर्गत भारतिय सेनामा कार्यरत रामजि थापा बाट नगद रू १७ हजार र साराङगी संसारका सल्लाहकार अमेरीकामा कार्यरत अरूण बिष्ट बाट प्राप्त रकम १४ हजार गरि नगद ३१ हजार साराङगि संसारका संचालक कमल कुमार बिककाे हातबाट गायिका परियारलाई हस्तान्तरण गरिएकाे छ ।