बाग्लुङ घटना : ग्याङ् फाईट हुँदा मान्छेलाई भिरबाट फालियो, अझै केही बेपत्ता (भिडियो)

जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सीमानामा लागेको होली मेलामा युवाबीच झडप भएको थियो । स्थानीयले १५ जना व्यक्ति बेपत्ता रहेको र उनीहरु सबैको हताहती भएको आशंका गरेका हुन् । बेपत्ता भएकाहरु बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का युवा भएको बताइएको छ । आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना सहभागी थिए । घटनामा नेपाली कांग्रेसका जिल्ला सदस्य ३६ वर्षका प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइको शव फेला परेको छ। उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक इग्वाल हवारीले जानकारी दिए । वडाअध्यक्ष कृष्णबहादुर खत्रीका अनुसार गुल्मी, बागलुङ र प्युठानको सीमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप भएको हो । घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुन सक्ने स्थानीयवासीले बताएका छन् । हेर्नुहोस् भिडियो