रोयल वेस्टर्न्स क्लबको चारदिने रक्तदान कार्यक्रममा ५० जनाको सहभागिता

अष्ट्रेलियाको मेलबर्नस्थित रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम सफल रूपमा सम्पन्न भएको छ । चार दिन संचाचित उक्त कार्यक्रम मार्च ०६ मा वेरिबीमा र मार्च २६, २७, २८ मा एअरपोर्ट वेस्टमा गरी ५० जनाको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा सहभागीमध्ये १६ जनाले रक्तदान, २६ जनाले प्लाज्मा तथा १ जनाले प्लेटलेट दान गरेका थिए । सहभागी ५० जनामध्ये २८ जनाले पहिलो पटक रक्तदान गरेका थिए भने डा. सन्देश पन्थले अष्ट्रेलियामा ४७ पटक र नेपाल, बाङ्लादेशमा गरी जम्मा ११७ पटक रक्तदान गरिसकेका छन ।

अष्ट्रेलियन रेडक्रस लाइफब्लड, रिजनल पार्टनरशिपका ग्रुप एकाउन्ट म्यानेजर एली गिल्सले सम्पूर्ण सहभागी रक्तदाताहरु लगायत सहयोगी संस्थाहरुप्रति आभार प्रकट गरिन ।

रक्तदान कार्यक्रमका लागि एनआरएनए भिक्टोरिया, दिदीबहिनी समाज भिक्टोरिया, मेलबर्न नेपालीज कम्युनीटि वेस्ट, न्याभ बाल चौतारी वेस्ट, गुल्मी समाज भिक्टोरिया, लुम्बिनी-कपिलवस्तु विस्व अभियान, एक्स्पर्ट एजुकेसन भिसा सर्भिसेस, हङ्री आइज रेस्टुरेन्ट, एसडिएस मेलबर्नले ऐक्यबद्धता जनाएका थिए ।

क्लबका अध्यक्ष बम योन्जनले सहभागी सम्पूर्ण रक्तदाता तथा ब्लड डोनर सेन्टरलाई ब्यबस्थित रूपमा संचालल गर्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा रक्तदान कार्यक्रम क्लबको सिग्नेचर प्रोग्राम रहने बताए ।

क्लबका सचिव तथा रक्तदान कार्यक्रमका संयोजक सुशील चालिसेले रक्तदान कार्यक्रम सफल रूपमा संम्पन्न गर्न सकेकोमा खुशी व्यक्त गरे ।