कल्पना दाहाल र प्रदिप रोका दोहोरी च्याम्पियन जितेपछि किन आए रुदै मिडियामा (भिडियो)

काठमान्डौ,गायिका कल्पना दाहाललाई फेरी अर्को पिडा थपिएको छ।कल्पना दाहाल र प्रदिप रोक्का बिजयी भएपछि एकसाथ मिडियामा आएका हुन् दोहोरी च्याम्पियनको पहिलो राउण्डमा उनीहरु बिजयी भएका थिए भने अब उनीहरु दोश्रो राउण्डमा झन् कडा रुपले देखिनु पर्ने छ।

पहिलोपटक दुवै जनाको अन्तरबार्ता रोएरै सकिएको छ।परिवारको पिडा र गरिबीलाई सम्झेर प्रदिप रोक्का त भक्कानिएरनै रोएका थिए भने कल्पना पनि रुन थालिन। कल्पना दुखबाट बल्ल केहि थिरिएको थिईन तर केहि समय बित्न नपाउदै फेरी अर्को बज्रपात भएको छ।उनकी आमा फेरी अस्पतालको बेडमा जीवनको लडाई लडिरहेकी छिन।

लामो समय देखिको बिरामी उनि फेरी बिरामी भए पछि कल्पनालाई थप पिडा थपिएको हो।आजै कल्पना दाहाल दोहोरी च्याम्पियनमा आउदै छिन आजै उनि अस्पतालमा जानु परेको छ। ‘उनकी आमालाई लागेको रोगले आफैलाई थला पारेको समेत उनि बताउछिन।घरमा एक जना बिरामी हुदा परीवारनै बिरामी जस्तै भईने रहेछ’ कल्पना दाहालले लालीगुराँस डटकम संग भनिन।

२०७२ सालको भुइचालो पछि बिरामी भएकी आमा अहिले झन् सिकिस्तै बिरामी भएपछि उनि दुखमा थप दुख थपिएको बताउछिन। दाईको गत बर्ष निधन भएको थियो ।त्यसको अघिल्लो बर्ष भाईको पनि क्यान्सरले निधन भएको थियो।

हेरौ भिडियो कुराकानी :