‘कलशैमा पानी’ रातारात भाईरल सुर्य खड्का, रविन लामिछाने र सुनिता बुढाको नया सहकार्य (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा उत्कृष्ट शब्द सिर्जना गर्ने सर्जकको रुपमा चिनिएका गायक तथा सर्जक रविन लामिछानको शब्द तथा लय सिर्जना रहेको नयाँ गीत कलशैमा पानी भर्खर मात्र सार्वजनिक भएको छ ।

गरिवीका कारण बैदेशिनु पर्ने नेपालीहरुको कथालाई लिएर रविनले निकै दमदार शब्द सिर्जना गरेका छन भने सुर्य खड्का र सुनिता बुढाको गीतमा आवाज रहेको छ । यसो त पचास लाख भन्दा धेरै नेपालीहरु विदेशमा रहेका छन । यस गीतका गायक समेत रोजगारीको शिलशिलामा जापानमा छन । यस्तै लाखौं नेपालीको पिडालाई गीतले देखाउन खोजेको छ ।

गीतको म्युजिक भिडियोले गीतका शब्द र आवाजलाई समेत न्याय गरेको छ । चर्चित युवा निर्देशक विनोद भण्डारीले गीतको कलात्मक निर्देशन मात्र गरेका छैनन् दमदार अभिनय समेत गरेका छन । उनलाई अभिनयमा जुना गुरुङले साथ दिएकी छन ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :