निशु ढकालको ‘निशानी’ मा वियोगान्त प्रेमकथा भाइरल हुदै ! (हेर्नुहोस भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा उत्कृष्ट शब्द सिर्जना मा गायिका निशु ढकालको ‘निशानी’ बोलको नयाँ गजल गीत सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै गायिका ढकालको आवाज, गीतको शब्द–सँगीत तथा म्युजिक भिडियोको अहिले सर्वत्र चर्चा छ । यसअघि पनि विभिन्न गीतहरु सार्वजनिक गरिसकेकी निशुको यो फरक शैलीको गीतको म्युजिक भिडियोमा एउटा वियोगान्त प्रेमकथा समावेश छ जसका कारण यसलाई दर्शक श्रोताहरुले पनि रुचाएका छन् ।

रामचन्द्र तिमल्सिनाको शब्द र निशुको आवाजमा रहेको यो गीतलाई नविन के तिमल्सिनाले कम्पोज तथा एरेञ्ज गरेका हुन् । गीतको म्युजिक भिडियोमा गीता ढुङ्गाना, विजय पुन, रामबाबु रेग्मी र किशोर गौतम लगायतका कलाकारहरुले अभिनय गरेका छन् । म्युजिक भिडियोका छायाँकार ज्ञानेन्द्र शर्मा हुमागाई हुन् । प्रणेश श्रेष्ठको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई नविन के तिमल्सिनाले नै निर्देशन गरेका छन् । गीतको म्युजिक भिडियोमा एउटी राजकुमारी र सेनापतिबिचको प्रेमकथा देखाइएको छ ।