भन्सार छ्ली ल्याइएको ४ लाख मूल्य बराबरको सामग्रीहरु गौरादह बाट बरामद

युबराज रेग्मी
चैत्र १४ , गौरादह /
झापाको गौरादह २ कृश्नीघाट बाट भन्सार छली ल्याइएको करिब ४ लाख मुल्य बराबरका सामनहरु प्रहरीले हिजो शुक्रबार बिहान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको गस्ती टोलिले ईलाका प्रहरी कार्यालय दमकको समन्वय तथा ईलाका प्रहरी कार्यालय गौरादहको सहयोगमा उक्त सामग्री सहित सामग्री बोक्न प्रयोग गरिएको बा. १४ च. ६३५८ न. को स्कर्पियो गाडी (सबारी साधन )र सबारी चालकलाई पक्राउ गरि हिजै सुक्रबार जिल्ला भन्सार कार्यालय झापामा बुझाइएको झापा जिल्ला प्रहरी प्रबक्ता डि. एस. पि. राकेस थापाले बताएका छ्न ।

बरामद सामग्री अन्तरगत २०थान पानी तान्ने मोटर , विभिन्न परिमाणका एसियन पेन्टसका डिब्बाहरु , हार्ड्बेयर सामाग्री अन्तरगत पर्ने लेदर भल्ब पेन्टिङ ब्रस , खाध्यान्य अन्तरगत पर्ने जिरा लगायतका सामाग्रीहरु रहेको प्रबक्ता थापाले बताए ।
बरामद सामागी सहित सबारी र चालकलाई भन्सार कार्यालयमा हिजै बुजाइएको र आबस्यक कारबाहिका लागि भन्सार कार्यालयले प्रकृया अगाडि बढाउने प्रबक्ता थापाले बताए ।