रुवी उपत्यका वडा नं. ४ का ३५ घरपरिवार तथा स्वास्थ्यकेन्द्रलाई निःशुल्क सोलार वितरण

रुवी उपत्यका, धादिङ्ग

नेपाल जलश्रोतको दोस्रो धनी मुलुक भएता पनि नेपालका अधिकांश ग्रामीणबस्तीहरुमा विद्युतको सुविधा पुग्न सकेको छैन । त्यस्तै विजुली बत्तीको सुविधाबाट बन्चित रुवी उपत्यका गाउँपालिकामा पनि विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनले छुन सकेको छैन । केही स्थानमा स्थानीय सामुदायिक हाइड्रोपावर भएता पनि सवै क्षेत्रमा वितरण गर्न सकिएको छैन ।

यस्तै अध्यारोमा बस्न बाध्य रुवीउपत्यका गाउँपालिका वडा नं. ४ का न्यून आम्दानी भएका ३५ घरपरिवारलाई एक कार्यक्रमका वीच आज २० वाट क्षमताको सोलार सेट निःशुल्क वितरण गरिएको छ । साथै विग्रेका सोलार मर्मत गर्न गाउँकै २ स्थानीय महिला र पुरुषलाई तालिम दिई मर्मतकेन्द्र समेत स्थापना गरिएको छ । साथसाथै हिन्डुंङको स्वास्थ्यकेन्द्रमा समेत १२५ वाट क्षमताको सोलार सेट निःशुल्क वितरण गरिएको छ ।

उक्त सोलर सेटहरु करुणा सेचेन र उज्यालो घर प्रा.लि.को साझेदारीमा “रुवी उपत्यका एकिकृत विकास कार्यक्रम” अन्तरगत सेचेन करुणाले गाउँपालिका तथा वडा कार्यालयसँग सहकार्य गरी वितरण गरिएको सेचेन करुणाका कार्यक्र संयोजक बलमान छन्त्यालले जानकारी दिए ।

उनको भनाई अनुसार “हामीले सोलार वितरण गर्दा दुइवटा उद्देश्य राखेका छौ एउटा सोलारबाट विद्युतीकरण गर्ने र दोस्रो चाहि स्थानीय महिलाहरुलाई प्राविधिक र व्यवसायिक सिप सिकाएर व्यवसायमा स्थापित गरेर महिला सशक्तीकरणमा टेवा पु¥याउने । ”
यस्तै कार्यक्रम मार्फत सिन्धुली र उदयपुर जिल्लामा ६०० घरधुरीलाई २० वाट क्षमताको सोलार ८० प्रतिशत अनुदानमा सोलार वितरण गरेको र त्यस क्षेत्रका १२ जना महिलाहरुलाई तालिम दिई ६ वटा मर्मतकेन्द्र स्थापना गरेको समेत छन्त्यलले जानकारी दिए ।
रुवी उपत्यका गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष प्रशान्त तामाङका अनुसार “टर्चलाईट र टुकी बत्तीको साहारामा बस्न बाध्य परिवारलाई बत्ती नपुगुन्जेलसम्मको लागि राहत मिलेको छ । र बेलुकीको समयमा पनि ती परिवारका वालबच्चाहरुले पढ्न पाउनेछन् ।”
उक्त सोलार जडान तथा मर्मत स्थानीय प्राविधिकले नै गर्नेछन् ।