६० बर्षे नायक भुवन केसीको अनौठो प्रेम कहानी (भिडियोसहित)

नेपाली चर्चित नायका भुवन केसि हुन् । उनकाे उमेरले ६० वर्ष पुग्न लागिसकेका भुवन केसी अझै पनि उत्तिकै आकर्षक देखिन्छन् । कहिल्यै जिम र व्यायाम नगरेता पनि भुवन उत्तिकै ह्यान्डसम देखिन्छन् ।

उनि नेपाली चलचित्रका सर्वाधिक सफल कलाकार समेत मानिन्छन्। उनले निर्माण र अभिनय गरेका अधिकांश चलचित्र सुपर हिट भएका छन् । फिल्ममा सफल हुदाँहुदै पनि यद्यपि भुवन पारिवारिक रूपमा भने असफल छन् ।

अनमोल, विवेक र काजलका बुबा भुवनले केहि बर्षदेखि जियालाई पारिवारिक रूपमा एकदमै नजिक बनाइसकेका छन् । दुई श्रीमतीलाई रिझाउन नसकेका भुवनले अहिले जियालाई भने विवाह नै नगरी श्रीमतीजस्तै बनाएर राखिरहेको चर्चा लामो समयदेखि चलिरहेको छ।

भुवन दोस्रो विवाह पनि सफल नभएर एक्लिएको बेलामा जियाले भुवनलाई साथ दिएकी थिइन् । सन् २०१४ देखि भुवन र जिया संगै बस्न थालेका छन् । जिया भुवनकै घरमा बस्छिन् । उनीहरुले विवाह गरेको छैन भनेका छन् तर परिवारले भने जियालाई भुवनको जोडी भनेर स्वीकार गरिसकेको बताइन्छ ।

भुवनले पहिलो मागी विवाह गरेका थिए । त्यो विवाह टिकेन । त्यसपछि उनले दोस्रो प्रेम विवाह नायिका सुस्मिता केसीसंग गरेका थिए । उनीहरुको छोरा अनमोल अहिलेका चल्तीका नायक हुन् ।

नायक भुवनको ब्यक्तिगत र सार्वजनिक जिवन निकै विवा’दास्पद छ । उनका दुवै श्रीमतीले स’म्बन्ध वि च्छेद गरिसकेका छन् । एक पछि अर्को श्रीमतीले साथ छोडेपछि अहिले उनी जिया केसीसंग साथमा छन् । उनले सार्वजनिक रुपमा जियालाई आफ्नो साथी भनेर सम्बोधन गर्छन ।

बिश्वस्त सूत्रहरुका अनुसार भूवन केसी र जीया केसी लामो समयदेखि भेट्गाट गरेका छन् । भुवनको घरमा जीया केसीलाई धेरै पटक देखेको केही चलचित्रकर्मी बताउँछन् । भुवनसँग निकट भएपछि जीया अहिले चलचित्र क्षेत्रमा सक्रिय छैनन् । तर, एक्ला भूवन केसीलाई जीयाले उनकै घरमा बसेर साथ दिइरहेकी छिन् ।

उनीहरु बिच भेटवार्ताकाे कुरालाई दुबैले अस्विकार गर्दै आएका छन् । तर, भुवन केसीको घरमा काम विशेषले पुग्ने चलचित्रकर्मीले जीयालाई पनि कैयौंपटक भेटेको बताउँछन् ।

को हुन् जिया केसि ?

दीपक श्रेष्ठले निर्माण गरेको चलचित्र ‘हो यही माया हो’ बाट चलचित्र क्षेत्रमा पाइला टेकेकि नायिका हुन् जिया केसी । झापाबाट अभिनेत्री बन्न काठमाडौं आएकी जियाले उक्त चलचित्रपछि एटिएम, ब’र्बाद, वाचा, रिङरोड, रङ वे आदि चलचित्रमा अभिनय गरिन् र उक्त चलचित्रहरु केहिले राम्रै सफलता पाएका थिए । पछिल्लो समय भने उनी चलचित्र अभिनयबाट लगभग अलगजस्तै छिन् ।

नायक भुवन र जीयाको यो ‘लुकिछिपी’ प्रेमले कहिले औपचारिकता पाउला त ? यस बिषयमा भुवनले भने अहिलेसम्म केहि खुलसा गरेका छैनन् ।