धरानमा भयो सोच्नै नसकिने घटना । श्रीमानले श्रीमतिको विभत्स हत्या (भिडियोसहित)

धरान । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बिहीबार धरान–८ दुर्गापथबाट ३७ वर्षीय तिलकबहादुर माझीलाई पक्राउ गरेको छ । माझीले आफ्नो ३१ वर्षीया श्रीमती सम्झना माझीलाई घरैमा खुकरी प्रहार गरी विभत्स हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धारिलो खुकरी प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको हो । १३ वर्षीया छोरी र ७ वर्षका छोरा रहेको माझी दम्पतीबीचको विवाद र हत्याको कारण खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेतले बिहीबार अपरान्ह साढे चार बजे माझीले श्रीमतीको गर्धनमा खुकुरी प्रहारी गरी हत्या गरेको बताए । टेम्पो चालकसमेत रहेका तिलकबहादुरको मानसिक सन्तुलन केही दिनदेखि असन्तुलित देखिएको छिमेकीहरूले बताएका छन् ।