लोमश र रुविनाको रोमान्स, जिवन कँडेल र सुनिता बुढाको ‘माया बैगुनी’ मा (हेर्नुहोस भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा टुहुरो जीवन,प्रदेशी बाबा र झल्को आम्चका जस्ता लोकप्रिय गीत दर्शक स्रोतालाई सुनाई सकेका युवा सर्जक तथा गायक जीवन कँडेलको नयाँ गीत माया बैगुनी भर्खर मात्र सार्वजनिक भएको छ ।

सुनिता बुढा र जीवन कँडेलको आवाज रहेको सो गीतमा जीवन आफैले उत्कृष्ट लय तथा शब्द सिर्जना गरेका छन । गीत संगीतमा लागेको एक बर्षको अवधिमा जीवनले निकै प्रगति गरिरहेका छन । माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतलाई जीवनले निकै दर्विला शब्द र सुमधुर लय बनाएका छन ।

गीतको म्युजिक भिडियो समेत दमदार बनाईएको छ । मौषम हिमालीले निर्देशन गरेको सो गीतमा रुविना अधिकारी र लोमस शर्माको नृत्य देख्नि सकिन्छ ।जीवनको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतलाई आफ्नो विगतका गीतलाई जस्तै यो गीतलाई पनि सबैले मन पराइदिनेमा आफु आशावादी रहेको गायक जीवनले बताउनु भयो ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :