देशभर गुड फ्रेण्ड चैत्र २० देखि

काठमाडौ ११ चैत्र । कोरोना कहरका कारण झण्डै एक वर्ष पछि सिनेमा हलहरुमा नयाँ चलचित्र प्रदर्शन हुन थालेको छ । यसै क्रममा चैत्र २० गतेबाट देशभर चलचित्र ‘गुड फ्रेण्ड’ प्रदर्शन हुने भएको छ ।

समसामयिक प्रेमकथामा आधारित एक्शन प्रधान चलचित्र ‘गुड फ्रेण्ड’मा पम्फा बर्मा, फारुबी बर्मा निर्माता रहेका छन् । बिजि बर्मा फिल्मस् प्रालिको लागि वसन्त बर्मा प्रस्तुतकर्ता रहेको चलचित्र ‘गुड फ्रेण्ड’ मा मुकेश ढकाल, सविना कार्की, एलबि कटुवाल, वसन्त बर्मा, राजन महर्जन, पुजा महर्जन, राज सिंह आदिको अभिनय रहेको छ ।

व्दन्द प्रदिप खड्का, संगीत ध्रुब बिश्को, नृत्य अजय स्याङतान, राजन महर्जन, निर्देशन राजबहादुर साने, छायांकन केशब अधिकारी, सरोज महर्जनको रहेको छ ।