नेपालमा कोरोनाको दोस्रो लहर रोकथाम गर्न सरकारले गर्नुपर्ने ५ वटा काम र नागरिकले गर्नुपर्ने एउटा काम

कोरोना संक्रमण रोकथामका लागि नेपालले लकडाउन गरेको आज १ वर्ष पूरा भएको छ । तर, कोरोनाको त्रास भने बढीरहेको अवस्था छ । यस्तो अवस्थामा संक्रमण रोकथामका लागि सरकारले युद्धस्तरमा पाँचवटा काम गनुपर्ने सुझाउँछन् जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे ।

कोरोना महामारीको कारण नेपालमा लकडाउन भएको आज १ बर्ष पुरा भएको छ | बिगत १ बर्ष हाम्रो लागि निकै प्रत्युत्पादक बन्यो | सरकार तथा आम नागरिकको लागि यो स्तरको महामारी पहिलो अनुभव थियो | सरकार र नागरिक दुबैले यो अबधिमा धेरै कुरा सिकेका छौं, अनुभव हासिल गरेका छौं | त्यहि सिकाइ र अनुभवलाई दोस्रो लहर रोकथामको लागि सरकारले ५ वटा काम युद्धस्तरमा गर्नुपर्दछ |

१. सिमा नाका तथा विमानस्थलमा चेकजांच कडाइ गर्ने, परीक्षण गर्ने, संक्रमित व्यक्तिलाई आइसोलेसनमा राख्ने, शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्ने तथा अन्य व्यक्तिलाई होम क्वारेन्टिनमा बस्ने गरि घर पठाउने |

२. कन्ट्याक्ट ट्रेसिंगलाई चुस्त र प्रभावकारी बनाउने | ३. जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउने, त्यसको निगरानी तथा अनुगमन गर्ने |

४. भारत, चीन, रुस, बेलायत, अमेरिका लगायतका देशसंग उच्चस्तरबाट पहल गरेर पुग्ने खोपको प्रबन्ध गर्ने | ५. लकडाउन तथा निषेधाज्ञा नगर्ने बातावरण मिलाउने |

आम नागरिकले एउटा काम अनिबार्य गर्नुपर्दछ |

१. जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्ने ( सहि तरिकाले नाकमुख छोप्ने गरि मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, हात धुने / स्यानिटाइज गर्ने, खुला तथा भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने, भ्रम र हल्लाको पछि नलाग्ने, धेरै डर नमान्ने तथा सरकारले जारी गरेका निर्देशिका पालना गर्ने ) |