“चौका दाउ” हिट भएपछी गायक मिडियामा,पाखेहरुले गाउने गीत भन्दा दुख लाग्थ्यो, २ हप्तामै ५० लाख कमाए हेर्नुहोस

काठमाडौँ | हिजो राती सपनीमा चुम्बन गर्यौ राजै…नभन्नुथ्यो भनिहालें भन्न पनि लाजै – सामाजिक सञ्जाल टिकटकमा पछिल्लो पटक भाइरल बनेको गीतको एउटा टुक्का हो यो । टिकटक स्क्रोल गर्दा यो गीतमा अभिनय नगरेका भिडियो सायदै छन् । ‘चौका दाउ’ गीतको पहिलो टुक्का हो यो । विजय चन्द दर्पनले भर्खरै बजारमा ल्याएको नयाँ लोकदोहोरी गीत ‘चौका दाउ’ भित्रका अधिकांश टुक्का टिकटकमा भाइरल छन् । निर्देशक तथा कोरियोग्राफर सुनिल क्षेत्रीको निर्देशनछ यो गीतमा |

गायिका शान्तिश्री परियार र गायक कृष्णबाबु परियारको स्वरमा रहेको ‘चौका दाउ…’मा विजय चन्द दर्पनको शब्द छ। कृष्णबाबुले नै संगीत भरेका छन्। दमौली आसपास छायांकन गरिएको गीतको भिडिओमा सुनिल क्षेत्रीसँगै मोडल गीता ढुंगानाको अभिनय देख्न सकिन्छ। दिपक गिरीको छायांकनमा रहेको भिडिओलाई जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको हो। बिजय चन्द दर्पनको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको भिडिओको सम्पादन अमृत चापागाईंले गरेका हुन्।

हेर्नुहोस यसै गीत २ हप्तामै सर्बाधिक हिट भएपछी गायक संगको कुराकानी |