‘ओ मेरो परान’ धुर्मुस सुन्तलीको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

चितवनमा गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त धुर्मुस सुन्तलीले म्युजिक भिडियोमा पनि मोडलिङ गरेका छन् । सिताराम कट्टेल र कुञ्जना घिमिरे अभिनित ‘ओ मेरो परान’ गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो ।

राजेन्द्र बजाजको संगीत एंव एरेञ्ज रहेको गीतमा रचना रिमाल र भक्त प्रधानको स्वर छ । शब्द लोकराज अधिकारीले लेखेका हुन् । भिडियोमा सिताराम र कुञ्जनासँगै सुशिला थापाले पनि अभिनय गरेकी छिन् ।

भिडियोलाई सुदीप बरालले खिचेका हुन् । धुर्मुस र सुन्तली आफैंले निर्देशन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।