बल्यो ग्वाल बस्तिमा बिजुली बत्ती

युबराज रेग्मी

चैत्र ७ ,झापा /

पुर्बी नेपालको सीमाना मेची नदी पूर्वका चार वटा वस्ती नेपाली भूभाग भित्र पर्दछन् ।

तीमध्ये झापाको मेचीनगर नगरपालिका वडा न १५ स्थित तीन वटा वस्ती मध्येको ग्वाल वस्तीका १७ घरमा आज (सनिबार ) देखि विजुली वत्ती बलेको छ ।

शिक्षा, स्वास्थ्य र यातायात लगायतका विकासको आधारभुत पूर्वाधार बाट बिमुख उक्त गाउँका अधिकांश बासिन्दाहरु अझै टुकी र लालटिनको धिपधिपे उज्यालोमा जीवन गुजारा गर्न बाध्य थिए ।

केही घर हरुमा भने बैकल्पिक सौर्य उर्जा जडान गरि दुईवटा बल्ब सम्म बल्ने सौर्य उपकरण जडान गरि प्रयोग गरेको पाइन्छ ।

बर्षौ देखि अन्धकारको सामना गरिरहेको मेचीपारिको ग्वालवस्तीमा मेचीनगर नगरपालिका र नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले विजुली वत्ती पुर्याएको हो ।

मेचीनगर क्षेत्रमा मेची नदीपारि रहेको ग्वालवस्तीमा, सिसौडाँगी र झाडुवस्तीमा करिब एक सय पचास घर परिवार बसोवास गर्दै आएका छन् । ती मध्ये ग्वालवस्तीका १७ परिवारलाई आजै बाट निःशुल्क विद्युतीय मिटर जडान गरि विद्युत सेवा उपलब्ध गराइएको हो।

सेवा हस्तान्तरण कार्यक्रम अन्तरगतको घरदैलो कार्यक्रममा मेचीनगर नगरपालिकाका नगर प्रमुख विमल आचार्य र उप-प्रमुख मिना उप्रेतीले संयुक्त रुपमा विजुलीको स्वीच थिचेर बत्ती बालेका बिजुलिको बटन थिचेर ग्वाल बस्तिमा वैद्युत सेवा हस्तान्तरण गरेका थिए।

त्यसौ गरि विद्युतीय सेवा बिस्तार नभएका मेचिनगर नगरपालिकाका अन्य वस्तीहरुमा समेत वैद्युतिय सेवा प्रबाहका लागि धमाधम पोल गाड्ने काम भइरहेको मेचीनगर वडा नम्बर १५ का वडाध्यक्ष गुणराज भट्टराईले जानकारि गराएका छ्न ।
बाँकी रहेका दुई वस्तीमा यसै महिनाभित्र विजुली बालि सक्ने लक्ष्य रहेको उनि बताउछ्न ।

मेचीपारिका वस्तीमा प्रायः यादव, र सन्थाल जातिको बसोवास रहेको छ सन्थाल जाती नेपालकै लोपोन्मुख जाती अन्तरगत पर्द्छ ।

हरेक बर्सको बर्सात समयमा मेची नदीमा बाढी आउँदा यी बस्ती नेपालतिरको भूभागबाट कम्तीमा तीन महिना सम्म सम्पर्क विच्छेदको अवस्थामा रहन्छन् ।
त्यहाका स्थानीयवासीहरुले वर्षौ देखि नदीमा पुलको माग गर्दै आए उनिहरुको उक्त माग हाल सम्म सुनुवाई हुन सकेको छैन ।

मेचीनगर नगरपालिकाले नदीमा झोलुङ्गे पुल निर्माणको पहल गरिरहेको उपप्रमुख मीना उप्रेतीले बताइन् । हाल मेची पारिको तीन वस्तीमा एउटा आधारभूत विद्यालय सञ्चालनमा रहेको छ ।

नदीमा पुल नभएका कारण नदी पश्चिमबाट शिक्षकहरु बर्खायाममा विद्यालय जान नसक्दा पठनपाठन समेत अबरुद्ध हुने गरेको छ । राज्य पुनरसम्रचना अनुरुप स्थानिय तहहरुमा आधारभुत आवस्यकताका संरचना धमाधम निर्माण हुँदै गरेको पाइएपनि मेची पारिको यो भुभाग भने ओझेलमा परेको देखिन्छ ।

बिकास र समृद्धिको लहर र जनता लाई समान सेवा प्रवाह गराउने राज्यको दाइत्व अनुरुप आधारभुत पुर्बाधार र सार्बजनिक सेवा प्रवाहमा राज्यको ध्यान केन्द्रिय हुनुपर्ने मेची नगर नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृय खेम राज ओझाले बताए ।