बिबादित दोहोरी च्याम्पियनको पहिलो खेलमा सुध्रिए निर्णायक,डिला बिक र राजु केसीले जिते प्रिती गीरी र अनुज अधिकारीलाई

कमल सरगम-काठमान्डौ, यो समय चर्चा र बिबाद दुवै खेपिरहेको एक मात्र रियालिटी सो दोहोरी च्याम्पियनको पहिलो खेल सकिएको छ।पहिलो भागनै सर्बाधिक बिबादित बनेपछि निर्णायकले आफ्नो प्रतिक्रियालाई सुधारेर दोश्रो शृंखलाको पहिलो खेलमा केहि फरक निर्णय लिएका छन भने उक्त कलाकारहरुको पहिलो दोहोरी सभ्य र भब्य भएको छ।

डिला बिक र राजु केसीले पहिलो दोहोरी जितेका छन। प्रिती गीरी र अनुज अधिकारीलाई हराउदै उक्त पहिलो दोहोरी डिला र राजुले जितेका हुन्।दोहोरी च्याम्पियनमा देशभरबाट प्रतिष्पर्धी आएका छन। ४ जना निर्णायक र २ कार्यक्रम प्रस्तोता रहेको एक मात्र मौलिक रियालिटी सो दोहोरी च्याम्पियनले अझ दर्शकको मन जित्ने कार्यक्रम प्रस्तोता तथा लोकप्रिय गायक बद्री पंगेनीले जानकारी दिएका छन।

उनका अनुसार दोहोरी प्रतियोगिताको पहिलो भाग बिबादित बनेपनि आगामी भागहरुमा सुधार गरेर आएको बताएका छन भने सबैको जिज्ञासालाई मेटाउने गरि कार्यक्रम अझै सभ्य र भब्य बनाउने उनको जानकारी छ।कार्यक्रम मा औठी बेरुवाको र झ्यालमा पर्दा छ गरि दुइओटा गीतमा दोहोरी खेलेका थिए।डिला र राजुको पक्षमा ५ सय ८४ दसमलब ५ मत प्राप्त भएको थियो भने प्रिती र अनुजको पक्षमा ५ सय ६८ मत प्राप्त भएको थियो।कार्यक्रम नेपाल टेलिभिजन मार्फत प्रशारण हुने गर्छ।