झापाको गौरादहमा १३औं रास्ट्रपति रनिङ सिल्ड नगर स्तरिय अन्तर बिद्यालय छनौट प्रतियोगिता सम्पन्न

युबराज रेग्मी
चैत्र ७ , गौरादह /

झापाको गौरादह नगरपालिकामा १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर बिद्यालय छनौट प्रतियोगिता सुक्रबार सम्पन्न भएको छ ।

अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा छात्र कबड्डि सहित १२ स्वर्ण , ४ रजत र २ कास्य जितेर जनता मा.वि.ले रनिङ्ग शिल्ड उचालेको छ ।

विभिन्न बिधाका खेल अन्तरगत भद्रकाली मा.वि. गौरादह ५ को खेलमैदानमा छात्र/ छात्रा भलिवल खेल , अमर मा.वि. गौरादह ९ मा छात्र/ छात्रा एथलेटिक्स खेल तथा जनता मा.वि. गौरादहमा छात्र/छात्रा कबड्डिका खेलहरु सम्पन्न गरिएका थिए ।

चैत्र ४ गते बाट सुरु भइ चैत्र ६ गते शुक्रवार सम्पन्न खेलहरुमा समूह खेल भलिवल तर्फको फाइनल खेलमा छात्र /छात्रा दुवैमा भद्रकाली मा.वि. बिजेता बन्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

भलिवलकै छात्र तर्फ प्रगति मा.वि. र छात्रा तर्फ अमर मा.वि. गौरादह ९ उप-बिजेता बन्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

त्यसैगरी कबड्डि छात्रा तर्फ भद्रकाली मा.वि. प्रथम र छात्र तर्फ जनता मा.वि. प्रथम भएका थिए ।

छात्रा कबड्डि तर्फ अमर मा.वि. र छात्र कबड्डि तर्फ स्कुलचौन मा.वि. दोस्रो भएका थिए ।

प्रतियोगितामा एथलेटिक्स छात्र / छात्रा ट्रयाक तर्फ १०० मी., २०० मी., ४०० मी., ८०० मी., १५०० मी. ३००० मी. र फिल्ड तर्फ छात्र/छात्रा लङजम्प , हाइजम्प , ट्रिपल जम्प , छेलो र ज्याभलिङ थ्रो लगाएतका खेलहरु सम्पन्न भएका थिए ।

कार्यक्रमको समापनमा औपचारिक कार्यक्रम गर्दै बिजेता हरुलाई मेडल प्रमाणपत्र र ट्रफी ले सम्मानित गरिएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्ण सहित जनता मा.वि गौरादह १ प्रथम , ७ स्वर्ण सहित भद्रकाली मा. वि. दोस्रो र ३ स्वर्ण तथा ५ रजत सहित स्कुलचौन मा. वि. तृतीय स्थान हासिल गर्न सफल भएका हुन ।

जनता मा.वि. गौरादह १ का विद्यालय ब्यवस्थापन समिति अध्यक्ष इद्र प्रसाद गौतमको सभापतित्व तथा गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार शाहको प्रमुख आथित्यतामा आयोजित समापन कार्यक्रममा विजेता विद्यार्थीहरुलाई पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफीले सम्मानित गरिएको थियो ।

जनता मा. वि. गौरादह १ का प्रधानाध्यापक हरि प्रसाद अधिकारीले स्वागत मन्तब्य राखेको कार्यक्रममा गौरादह नगरपालिका वडा नं ९ का वडाध्यक्ष सिताराम भट्टराई तथा शिक्षक महासंघ गौरादहका अध्यक्ष बाबुराम भण्डारीले कार्यक्रम लाई सम्बोधन गर्दै बिजेता बिध्यार्थीहरु लाई बधाई तथा शुभकामना दिएका थिए ।

समापन कार्यक्रममा सोही बिद्यालयका बिध्यार्थी हरुले आकर्षक स्वागत नृत्य प्रस्तुत गरेका थिए ।