भाईरल मेनुका परियार र अशिम कुमार कटुवालको स्वरमा आयो “लेकमा भेडि” (भिडियो सहित)

काठमाण्डौ चैत्र ०६ । मैलिक लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि भाइरल गायिका मेनुका परियार र अशिम कुमार कटुवालको सुमधुर स्वरमा “लेकमा भेडि” बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ । उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ ।

उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने अशिमको धारणा रहेको छ।

“लेकमा भेडि” बोल गीतलाई बिष्णु तामाङ्गले लय भएका हुन् भने शब्द गायक स्वयम अशिम कुमार कटुवालको रहेको छ । गितको म्युजिक भिडियोमा मनोज बुढाथोकि ‘मनु’ र आयुश्मा कार्किको अभिनय देख्न सकिन्छ । प्रस्तुत गीतको भिडियोलाई नारायण मगर, छायंकन सुमन तामांग र सम्पादन निर्देशन स्वयम नारायण मगरले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई अशिम कुमार युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।