‘पानि गिलासमा’ सार्बजनिक : लोकप्रिय वाल कलाकारहरु आयुषा घिमिरे र प्रिन्स लम्सालको आवाजमा बाल गित (भिडियो)

भाईरल बाल लोक कलाकारद्वय प्रिन्स लम्साल र आयुषा गौतमको स्वरमा सजिएर ‘पानी गिलासमा’ बोलको गीतको भिडियो मंगलवार सार्वजनिक भएको छ।

वरिष्ठ संगीतकार बि बि अनुरागीको शब्द सिर्जनामा संगीतकार अनुरागीले नै संगीत सिर्जना गरेर लम्साल र गौतमको स्वरमा रेकर्ड गरिको सो गीतमा संगीत संयोजन समेत अनुरागी आफैले गरेका छन्।

स्कुल पढ्दै गरेका साना साना नानी बाबुहरुले आफूले पढ्ने बिषयमा कुराकानी गरेको जस्तो लाग्ने सो लोकदोहोरी भाकाको गीतमा केटाले- पढ्न लेख्न कुन स्कुल जान्छ्यौ र, स्वर बनाउन कुन दबाई खान्छ्यौ र ? भनेर प्रश्न गर्छन भने केटीले- यस्तो कुरा कहाँ हुन्छ थाहा मलाई,के खुवाउनु भो सोधम ला आमालाई भनेर उत्तर दिन्छिन।

पढाईमा ध्यान दिनुको साथै कला संगै विद्यार्थीहरुमा शील स्वभाव चाहिने कुरालाई गीतकारले स्पष्ट पारेका छन् भने गाउदा केटाले भन्छन ‘पढाईसंगै शील स्वभाव चाहिन्छ रे,सवको माया अनि पो पाइन्छ रे ! त्यस्तै केटीले ‘यस्तो कुरा सुनेथे मैले नि,गर्नुहुन्न घमण्ड कहिले नि’ भनेर गीत सकिएपनि मानिसले यसलाई दोहर्याएर हेर्ने कुरामा कुनै शंका छैन।

किनकि गीतले भनेजस्तै ‘कति मिठो सानुले गायको,टुक्कापनि कहाँबाट आएको’ यिनी बाल कलाकारहरुलाई यो प्रतिभा कहाँबाट आएको होला ?कमल थापाले रेकर्ड गरेको सो गीतमा बासुरी, रत्न बि.क.,सारंगी,कमल कुमार विस्वकर्मा र शुकुराम रसाईली,मादल, सुवास विस्वकर्मा, गिटार, राहुल विस्वकर्मा र किरण विस्वकर्माले बजाएका छन्।

प्रिज्म डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको सो गीतमा मिक्सिङ्ग शुकुराम रसाईली र मास्टरिङ्ग श्यामस्वेत रसाईलीको रहेको छ भने भिडियो छायांकन र सम्पादन मिराज अर्यालले गरेका छन्।

बि बि अनुरागीको युटुव च्यानलबाट सार्वजनिक भएको केहि घण्टामै धेरै दर्शक स्रोताहरुले सो गीतको भिडियोलाई उत्साहित प्रतिक्रिया दिएका छन्।

भिडियो हेर्नुहोस् :