अस्ट्रेलियन मोडेल भिक्टोरिया म्यानटिन नेपाली भिडिओमा देखिइन (भिडियो सहित)

अस्ट्रेलियाकी चर्चित मोडेल भिक्टोरिया म्यानटिनलाइ पहिलोपटक नेपाली म्युजिक भिडियोमा देखिएकी छिन ।

अस्ट्रेलियामा बसेर फिल्ल्म मेकिङ्ग सम्बन्धी अध्ययन गरेका नेपाली निर्देशक अनिल गिरीले ‘सुस्तरी’को भिडियोमा अस्ट्रेलियन मोडेल म्यानटिनलाइ पर्दामा उतारेका हुन् ।

‘सुस्तरी’को भिडियोलाइ अस्ट्रेलियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरुमा छायांकन गरिएको छ जसमा निर्देशक गिरीको प्रसस्तै निर्देशकीय कला देख्न सकिन्छ निर्देशक गिरी लामोसमय देखि अस्ट्रेलियाको मेलबर्नमा बसेर सक्रिय रुपमा काम गर्दै आएका उनले धेरै अंग्रेजी सर्ट फिल्म र टी भी शोहरुको निर्देशन गरेका छन् भने संगै नेपाली भिडियो सम्बधी कामहरु पनि गरेका छन् ।

‘सुस्तरी’मा पहिलो नेपाल आइडलमा टप ५ की गायिका सुजाता पाण्डेको शब्द संगीत र स्वर रहेको छ भने भिडियोलाइ एजी फिल्म अस्ट्रेलिया ( Ag Films Australia ) बाट सार्वजनिक गरिएको हो ।