ज्यानकै सत्यानाश ल्याए शिव हमालको उत्कृष्ट सृर्जनामा शनि विश्वकर्मा र विमता धर्ति मगरले (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट सृर्जनामा विमता धर्ति मगरको ‘ज्यानकै सत्यानाश’ गितको अफिसियल म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ ।

गितमा लोक स्टार विजेता लोकप्रिय गायक शनि विश्नकर्मा र विमला धर्ति मगरको निकै सुमधुर आवाज सजिएको छ । सर्जक एवम् गायक शिव हमालको उत्कृष्ट लय शब्द सृर्जना रहेको गितमा योगेश काजीले संगित संयोजन रहेको छ । माया पिरिमका कुराहरु गितमा निकै उत्कृष्ट शैलिमा दर्शाईएको छ ।

गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , कमल परियारको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा विजय पुन ‘पत्थरको मुटु’ , शनि विश्वकर्मा, विमता धर्ति मगर, शोभा थापा लगायत साथिहरुको अभिनय एवम् डान्सिंग फिचर रहेको छ ।

समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ, गितको म्युजिक भिडियोमा सौरभ रानाको छांयकन तथा अर्जुन जिसीको सम्पादन रहेको छ ।

उक्त गितको म्युजिक भिडियो Bimata Ghatri Magar को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :