लोकप्रिय गायिका शान्ति श्री परियार र बाबु कृष्णको ‘चौका दाउ’ले निरन्तर दर्शकको मन जित्दै , ४० लाख भन्दा बढि दर्शकको नजरमा ( भिडियो )

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा सामाजिक सञ्जाल टिकटकमा केहि दिन देखि निकै रुचाईएको गीत चौका दाउ भर्खर मात्र सार्वजनिक भएको छ ।

बाबु कृष्ण परियार र शान्ती श्री परियारको आवाज रहेको सो निकै रमाइलो गीतको सम्पुर्ण पक्ष निकै दमदार र उत्कृष्ट रहेको छ । गीतलाई विजय चन्द दपर्णले शब्द सिर्जना गरेका हुन परियारकै लय सिर्जना रहेको छ।

गीतलाई सुनिल क्षेत्रीले निकै मेहनत गरेर निर्देशन गरेका छन भने सुनिल क्षेत्रीका अलावा गित ढुङ्गानाको अभिनय रहेको छ ।

गित छोटो समयमै अत्यन्तै लोकप्रिय वनेको छ , सामाजिक संजाल , युटुव देखी टिकटक सम्म यहि गितको चर्चा चलिरहेको छ भने युटुवमा 40 लाख भन्दा धेरै स्रोता दर्शकको माया पाएको छ |

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :