‘ओठ खोलेर’ले कमायो छोटो समयमा करोड दर्शकको माया : भाईरल सचिन परियारको पहिलो गित (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा पछिल्लो समय चर्चित गायक अर्जुन कुंवर भाईकल सचिन परियार , रविना वसेल र अस्मिता बुढाथोकीको स्वरमा रहेको गीत केहि समय अघि युटुबको ट्रेन्डिङ नम्बर १ मा पुग्न सफल भएको थियो , आज त्यहि गित करोड क्लवमा प्रवेश गरेको छ |

केही हप्ता अघि लेकसाइड टिभीको युटुब च्यानलबाट रिलिज “ओठ खोलेर” बोलको गीतलाई छोटो समयमा अत्याधिक भ्युज मिलेको छ। सचिन परियार, रविना बसेल, अर्जुन कुँवर र अस्मिता बुढाथोकीको सुमधुर आवाज रहेको गीतमा महेन्द्र भण्डारीको संगीत रहेको छ। भने गणेश अधिकारीको शब्द रहेको छ। गीतलाई दर्शक स्रोताले एकदमै रुचाएका छन् ।

गुल्मीका सचिनको यो पहिलो गीत हो। गीतका निर्माता लेकसाइड टिभीका सन्चालक सविन छेत्री हुन् । गीतको भिडियोमा सचिन, रबिनालाई देख्न सकिन्छ। सचिन र रबिनाका अलवा मोडल करिश्मा ढकाल, सबिन छेत्री,अर्जुन कुँवर , एलिना रायमाझी लगायतला कलाकारहरु पनि भिडियोमा फिचर्ड छन् ।

भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठले आकर्षक फ्रेममा खिचेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् । हेर्नुहोस भिडियो :