बाग्लुङ प्रतिष्ठान प्रथम प्रदेश स्तरीय लोक दोहोरी गित प्रतियोगितामा !

केपि कुमार जलन ,बागलुङ

राष्ट्रिय लाेक दाेहाेरी दिवस २०७७ काे अवरसमा अायाेजना गरिएकाे प्रदेश स्तरीय लाेक दाेहाेरी गित प्रतियाेगितामा लाेक दाेहाेरी गित प्रतिष्ठान बागलुङ बाट सहभागी सुमन खडका र शर्मिला बिसिकाे टिम प्रथम हुन सफल भएकाे छ ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रलायकाे विशेष सहयाेगमा राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान गण्डकी प्रदेशकाे अायाेजनमा प्रदेश स्तरीय दाेहाेरी गित प्रतियाेगिता २०७७ शनिबार पर्यटन वाेर्डकाे सभाहल ड्यामसाईडमा गण्डकी प्रदेश सरकारका अार्थिक मामिला तथा याेजना मन्त्री माननीय किरण गुरूङ ज्युकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे थियाे ।

प्रतियाेगितामा सहभागी टिमलाई जिल्ला स्तरबाट छनाैट गरि प्रदेश स्तरमा सहभागी गराईयकाे थियाे । प्रतियाेगितामा कुल ९ टिमकाे सहभागिता मध्ये प्रथम प्रतिष्ठान बागलुङ ,प्रतिष्ठान स्याङजा दृतिय प्रतिष्ठान लमजुङ तृतिय र प्रतिष्ठान तनहु शान्तवना स्थान हासिल गरेका थिय ।

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भएका छन । यसैगरी द्धितीय हुने टिम स्याङजाले ७७ हजार ७ सय ७७ रुपैयाँ, प्रतिष्ठान लमजुङ तृतीय हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वना हुने टिम तनहुले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेकाे छ । यसका साथै पुरुष तर्फ उत्कृष्ट गायक घोषित हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र महिला तर्फ उत्कृष्ट घोषित हुने म्याग्दीकी हिरा किसानले ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन । बिजयि टिमलाई प्रमुख अतिथि बाट नगद पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरिएकाे छ ।