करिश्माकै अघि मनिषाले एक अर्काको गरे तारिफ, कोईराला बिरामी हुँदा करिश्मा पुगेकी थिईन भेट्न (भिडियो)

काठमाडौं । मनिषा कोईरालाले आज ‘महामृत्युञ्जय मन्त्र’ आफ्नो स्वरमा रेकर्ड गराएर सार्वजनिक गरेकी छिन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रमबाट ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी हुन् । उक्त कार्यक्रममा मनिषा कोईरालाले नेपाली चलचित्र छेत्रकि सदाबाहार नायिका करिश्मा मानन्धरलाई समेत अतिथिका रुपमा निम्त्याएकी थिईन ।

कार्यक्रम सकिएसंगै करिश्मा मानन्धर र मनिषा कोईरालाले मिडियासंग अन्तरक्रिया गर्दै आफुहरुको पहिलो भेटदेखि एक अर्काको सौन्दर्यताको चर्चा गरेका छन् । करिश्मा मानन्धरका अनुसार मनिषा कोईराला जब क्यान्सरबाट बिरामी भएकी थिईन त्यहि बेला पहिलोचोटि भेट्न पुगेकी र केहि समय बिताएर चिनजान बढेको थियो ।

मनिषा कोईरालालाई पनि करिश्मा मानन्धरको चलचित्रहरु मनपर्ने र नेपालको सौन्दर्य नायिकाहरुमा करिश्मा अग्र स्थानमा पर्ने भन्दै तारिफ मनिषाले गरेकी छिन् ।