के तपाइको जन्मकुण्डलिमा धन योग छ ? पुरा पढ्नुहोस !

लग्न कुण्डलीमा धन योग ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२१९७३५

क. द्धितीय भाव – द्धितीय भाव लाई ज्ञान र वाणीको भाव पनि मानिन्छ । धन संग्रह को भाव पनि हो । ख. एघारौं भाव – कुनै पनि व्यक्तिको आय वा लाभ एघारौं स्थान बाट हेरिन्छ । ग. नवम भाव – राज्य वा पिता बाट प्राप्त हुने धन यस भाव बाट हेरिन्छ । घ. पञ्चम भाव – पञ्चम भाव भाग्यको सहायताले हुने आम्दानी हेरिने भाव हो । यो धन सम्पती बाट जिवनमा कतिको सुख, शान्ती र आनन्द प्राप्त हुन्छ भन्ने कुरा हेरिन्छ । यदि पञ्चम भाव बलियो छ तर द्धितीय र एघारौं भाव कमजोर छन भने उ आफैले धन कमाएर सुखी हुन सक्दैन । यसैगरि यदि द्धितीय र एघारौं भाव बलिया छन तर पञ्चम भाव कमजोर छन भने आर्थीक अवस्था सबल रहन्छ तर खुशी प्राप्त हुँदैन ।

– यदि द्धितीय भावका स्वामी पञ्चम भाव र पञ्चम भावका स्वामी द्धितीय भावमा छन भने राम्रो धन योग बन्छ । त्यसैगरि यदि द्धितीय भावका स्वामी लाभ स्थानमा द्धितीय भावका स्वामी लाभ स्थान र लाभ स्थानका स्वामी द्धितीय भावम बसेमा पनी व्यक्तिले राम्रो धन आर्जन गर्न सक्षम हुन्छ । यी दुइ भावका स्वामी बीचको दृष्टि र युती सम्बन्ध पनि शुभ मानिन्छ ।

– यदि पञ्चम र नवम भावमा स्वगृह ग्रह बसेका छन भने धन योग बन्छ । वा यिनीहरु घर साटेर बसेका छन भने पनि धन योग मानिन्छ। – यदि पञ्चम र द्धितीय भावका स्वामी घर साटेर बसेका छन वा यी दुई बीच युती वा दृष्टि सम्बन्ध छ भने पनि उत्तम धनयोग बन्छ । – धन सम्पत्तीका कारक ग्रह बृहस्पती हुन । यदि बृहस्पतीले शुभ भएर द्धितीय, पञ्चम, नवम वा लाभ स्थानका स्वामी सँग दृष्टि वा युती सम्बन्ध बनाएका छन भने शुभ मानिन्छ ।

– यदि द्धितीय र लाभ स्थानका स्वामी र बृहस्पती ग्रहको अवस्था सबल भएमा व्यक्ति धनि हुन्छ । – यदि द्धितीय, पञ्चम र लाभ स्थानका स्वामी सँग अष्टम भावका स्वामीले सम्बन्ध बनाएमा धनयोग कमजोर हुन्छ । शुभ फल नाश हुन्छ ।

– यदि लाभ स्थान बलियो छ तर द्धितीय भाव कमजोर छ भने व्यक्तिले धन त कमाउँछ तर स्थिर भएर जम्मा हुँदैन । तर यदि एघारौं भावको स्वामी कमजोर अनी द्धितीय भावको स्वामी बलियो छ भने आफ्नो आम्दानी कम भएपनि परिवारको सम्पत्ती बाट धनि बन्न सक्छ । अरुको धन सम्पत्ती उपयोग गर्छ ।

होरा कुण्डलीमा जव प्राकृतिक रुपमा पाप फलदायक ग्रह सुर्यको होरा भित्र पर्दछन तब व्यक्तिलाई धनी, कडा एवं निर्दयी बनाउँछन । व्यक्तिलाई बढि भौतिकवादी बनाउँछ ।

जब प्राकृतिक रुपमा शुभ फलदायक ग्रह जस्तै बृहस्पती, शुक्र, बुध, र चन्द्रमा चन्द्रको होरामा पर्छन तब व्यक्ति धनि, गुणी, सुख सुबीधामा रमाउने, असल कार्यमा धन खर्च गर्ने हुन्छ ।

बुध ग्रह यदि बिजोर अंकमा सुर्यको होरा र जोर अंकमा चन्द्रको होरा रहेमा धन योग बन्छ । प्राकृतिक रुपमा शुभ फल दायक ग्रह चन्द्र होरामा बिजोर साईन र सुर्यको होरामा जोर साईन भएमा विपरित कार्य गर्दछन । यसले आर्थीक तनाव र धन हानीको अवस्था आउन सक्छ ।