प्रहरीकै अगाडी रोए बुबा,चल्यो सबैको रुवाबासी,प्रहरीसंग भयो छलफल यस्तो आयो निष्कर्ष,बुढेसकालको लौरो भाचिदिए अब के गर्नु, बिचरा यो भिडियो हेर्दा कस्को मन रुदैन होला (भिडियो सहित)

मोरङ उर्लाबारी–५ का प्रविण बास्तोला गत पुष ५ गते मृत फेला परेका थिए । मृत्यु हुँदाकोृ समयमा उनी संगै रहेका संदिग्ध व्यक्तिहरु लाई प्रहरीले कुनै अनुसन्धान नगरी छोडेको थियो ।
अनुसन्धान प्रभावकारी नभएको र आरोपित व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पीडित परिवार र स्थानीयवासीले जिज्ञासा माग्दा प्रहरीले लापरवाही गरेको पाइएको हो । मिसिलमा समावेस गरिएको मृतकको तस्बीरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहिबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरी विरुद्ध नारावाजी पनि गरेका छन् । मृतक फेला पर्दा उनको गलामा सिक्री थिएन । यद्यपि प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको व्यक्तिको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको पाएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

परिवारका अनुसार सुरुमा प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दियो । तर, अहिले घटनाका आरोपित सबैलाई छोडिदिएको छ । मृतक प्रविणका बुबा प्रेमले भने –४ गते घरबाट निस्किएको छोरो ५ गते ११ बजे तिर मर्यो अरे भनेर अज्ञात नम्बरको फोनबाट खबर आयो । ‘कहाँ मर्यो, कसरी मर्यो कसले मार्यो ,हामी परिवारका सदस्यलाई केही थाहा भएन । प्रहरी पनि प्रत्येक पटक अलग अलग बयान दिन्छ । मर्ने त मर्यो तर न्याय मर्नु भएन नि’ – उनले भने ।

छोराको शव मृत अवस्थामा गोदावारी अस्पतालमा भेटिएपछि परिवारले प्रविणलाई त्यहाँसम्म कसले ल्यायो भन्ने सम्म थाहा छैन । मरेको ब्यक्तिलाई एम्बुलेन्समा हालेर ल्याइएको परिवारको दाबी छ । तर, प्रहरीले प्रविणको ढुकढुकी भएको अनुमानमा अस्पताल पुर्याएको दाबी गरेको छ । यद्यपि परिवारले अस्पताल स्रोतलाई उधृत गर्दै भन्यो – ‘प्रविणको मृत्यू भएको ३्४ घण्टापछि मात्र एम्बुलेन्समा हालेर अस्पताल पुर्याएको हो ।’ कर्तब्य ज्यानको मुद्धालाई दुर्घटनामा परिणत गर्न प्रहरीहरू नै संलग्न भएको पीडित परिवारको भनाई छ । पीडित परिवारले किटानी जाहेरी दिन पटक पटक प्रहरी कार्यालय जाँदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले उल्टो थर्काएको मृतक प्रविणकी बहिनी दुर्गा वास्तोलाले बताईन् । प्रमाण नष्ट गर्ने र अपराधीको संरक्षणमा प्रहरीकोे संलग्नता देखिन्छ ,दुर्गाले भनिन् ।

घटना अनुसार प्रविण पुस ४ गते बेलुका घर नजिकैको मरिमराउमा पुगेका थिए । त्यहाँबाट १ किलो मिटर पूर्वको सौरभी होटलमा प्रविण पुग्छन् र त्यहाँ होटल सञ्चालक कुमार राई लगायतले रक्सी खान्छन् । रक्सी प्रविणले मात्र खाएको दावी प्रहरीको छ । यद्यपि जिउ थाम्न नसक्ने गरी रक्सी पिएको ब्यक्तिलाई लिएर रातको १० बजे पप्पु भनिने राजेश रणपहेली र प्रविण बदाम जुस लिन स्कुटर चढेर अलि पर सम्म पुगेको बताइन्छ । तीन वटा बदाम जुस लिएर प्रविण कहाँ पुगे न त प्रहरीको अनुसन्धान बोल्छ न उनको हत्यामा संलग्नको आरोप लागेकाहरूले नै बोलेका छन् । त्यति मात्र होइन , मद्रासी फिल्म सैलीमा प्रविणलाई मार्ने योजनाका लागि प्रविणलाई भोलिपल्ट जिस्क्याउने भन्दै घुरेको भिडियो खिच्छन् । मध्यरातको १२ बजे बनाएको भिडियो अहिले सम्म प्रविणका बाबु आमाले हेर्न पाएका छैनन् । त्यति मात्र होइन । १ बजेर १० मिनेट जाँदा प्रविणको मोवाइलबाट अज्ञात नम्बरमा २० रुपियाँ ट्रान्फर गरिन्छ ।
होटलमा रिकेश सिवा भनिने मेहरमान दर्जी, दिपेश पौडेल ,राजेश रणपहेली र प्रविण मात्र रहेको भनिए पनि त्यहाँ अरु कोही ब्यक्ति भएको बास्तोला परिवारको दाबी छ ।घटनामा संलग्नहरू कोही लागु औषध कारोवारमा पटक–पटक प्रहरी हिरासतमा परेका र कोही मान्छे मारेर फरार भएको पृष्ठभूमिका मानिस भएकोले परिवारले अत्यधिक लागु औषध खुवाएर मारेको हुन सक्ने पीडित परिवारको आरोप छ । प्रहरीले घटना प्रति बेवास्ता गर्नु र न्यायलयले समेत कर्तब्य ज्यानको कुनै सम्भावना छैन् भन्दै मुद्धा मामिला नगर्न सुझाए पछि बास्तोला परिवार झनै आक्रोषित भएको छ ।

यता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले भने कर्तब्य ज्यानको कुनै प्रमाण फेला नपेरेकोले सरकारी वकिलको कार्यालयले पक्राउ परेका सबैलाई छोडिएको बताए ।

उनले मृतकको शरीरमा कुनै चोट, नील डाम पनि नदेखिएको बताए । उनले मिसिल मृत भएको छै्न्, अनुसन्धान सकिएको छैन्, प्रमाण फेला परे उनीहरू पक्राउ पर्न सक्ने बताएका छन । आज पनि उर्लाबारी प्रहरी कार्यलय घेराउ भएको छ । माहोल तातीएको छ । डरलाग्दो अवस्था सृजना भएको छ । बैनीले भाइरल मेयरलाई नै ठाडो चेतावनी दिएकी छिन । प्रहरी र आफन्तको छलफलपछि यस्तोसम्म भयो कि सबै मानिसहरु छक्क परेका छन । बुबा रुदै प्रहरीकै अगाडी पुगेर न्यायको भिख मागेपछी माहोल नै अर्कै बन्यो । मेरो बुढेसकालको लौरो भाचियो अब के गर्नु भन्दै रोएको भिडियो हेर्दा कस्को मन रुदैन होला! बुबाले रुदै खोले डरलाग्दो भित्री रहस्य र नालीबेली तलको भिडियोमा हेर्नुहोला