उर्लाबारी काण्ड:दाइको न्यायको लागि चेलीको योगदान,प्रहरीले दलाली गर्यो, मिलेमत्तोमा पैसा खाएको आरोप (भिडियो सहित)

शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा अर्कैको फोटो देखेपछि मृतकका आफन्तले प्रहरी कै संलग्नतामा हत्या भएको बताएका छन्। प्रहरीले ढाकछोप गर्न घटनामा संलग्नहरूसँग रकम लिएको पीडितहरूको दाबी छ। मोरङ उर्लाबारी–५ का प्रवीण बास्तोला गत पुस ५ गते मृत फेला परेका थिए। मृत्यु हुँदाको समयमा उनीसंगै रहेका संदिग्ध व्यक्तिहरुलाई प्रहरीले कुनै अनुसन्धान नगरी छोडेको थियो। संदिग्ध ब्यक्तिहरू सबै प्रहरीको खोजीको सुचीमा थिए।

तर, प्रहरीले नै अपराधीहरूलाई छोडेपछि उर्लाबारीमा फेरि एकपटक न्याय मरेको छ।अनुसन्धान प्रभावकारी नभएको र आरोपित व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पीडित परिवार र स्थानीयवासीले जिज्ञासा माग्दा प्रहरीले लापरवाही गरेको पाइएको हो।मिसिलमा समावेस गरिएको मृतकको तस्बीरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहिबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरी विरुद्ध नारावाजी गरेका छन्। मृतक फेला पर्दा उनको गलामा सिक्री थिएन। यद्यपि प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको पाइएको छ। तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।