कार्यालय भबन समुद्घाटित : अध्यक्ष भन्छ्न म सबैको साझा जनप्रतिनिधि

युबराज रेग्मी , फाल्गुन ,९ गौरादह /

झापाको गौरादह नगरपालिकाले वडा न २ को नबनिर्मित वडा कार्यालय भबन आज आइतबार समुद्घाटन गरेको छ ।

वडा न २ को हिमाल चोक उत्तरि भागमा बनेको नबनिर्मित भबन आज आइतबार उद्घाटन गरिएको हो ।
नबनिर्मित वडा कार्यालय परिसरमा आज बिहान आयोजित एक औपचारिक कार्यक्रमका बिच नगर प्रमुख रोहित कुमार साहको बाहुली बाट भबन उद्घाटन गरिएको हो ।

भबन निर्माणको ठेक्का पाएको निर्माण कम्पनि प्रजिना कन्स्ट्रक्सन कम्पनी लि. गौरादहले निर्माण गरेको उक्त कार्यालय भबन निर्माणमा गुणस्तरमा कुनै कमि नगरी निर्माण सम्पन्न गरिएको र उक्त भबन सुबिधा सम्पन्न बनेको निर्माण कम्पनिका ठेकेदार तथा गौरादहका निर्माण व्यावसायि जीवन राइले बताए ।

गौरादह नगरको ७० लाख र जिल्ला समन्बय समितिको १५ लाख बजेट लगानी गरि जम्मा ८५ लाख लागतमा निर्माण सम्पन्न गरिएको उक्त ४ कोठे भबन आकर्षक र सुबिधा सम्पन्न हुनुका साथै बाताबरणिय दृस्टिकोणले स्वच्छ र बाताबरण मैत्री रहेको स्थानिय हरु बताउछ्न ।

नबनिर्मित भबनमा अध्यक्षको सचिबालय ,कार्यालय सचिबको कार्यकक्ष , दर्ता चलानी साखा तथा प्राबिधिक फाट गरि जम्मा ४ वटा सुबिधायुक्त कोठाहरु रहेका छ्न ।
गत २०७५ साल असार ९ गते सिलान्यास गरि द्रुत गतिमा निर्माण सम्पन्न गरिएको यो वडा कार्यालय भबन कोरोना महामारिको समयमा आबस्यक स्वास्थ्य साबधानी अपनाएर निर्माण गरिएको हो ।

करिब १ करोड १० लाख लागतमा गौरादह नगर अन्तरगत वडा न ३ मा निर्माण भइ सन्चालनमा रहेको वडा न ३ को कार्यालय भबन बराबरकै सुबिधा सम्पन्न यो नबनिर्मित भबन लागत दृस्ठिकोणले अतिनै सुलभ बजेटमा निर्माण सम्पन्न गरिएको पाइएको छ । आगामी दिनमा वडा कार्यालयका सम्पुर्ण सेवा तथा सुबिधा उपलब्ध हुने बताउदै सेवाग्राहीहरु थप लाभान्बित हुने वडा अध्यक्ष हेमन्त कार्किले कार्यक्रमलाई सम्बोधनका क्रममा बताएका थिए । सम्बोधनकै क्रममा आफू निर्बाचित भएर जनप्रतिनिधिको जिम्मेवारिमा आए पश्चात् आफू कुनै एक दलको मात्र जनप्रतिनिधि नभइ सम्पुर्ण वडा बासिको साझा जनप्रतिनिधि रहेको अध्यक्ष कार्किले बताए ।

नबनिर्मित कार्यालय भबन समुद्घाटन पश्चात् आजै बिहान १०:०० बजे बाट वडा कार्यालयका सम्पुर्ण सेवाहरु सुचारु गरिने वडा सचिब दिपा दाहालले बताइन ।
साथै यहि फाल्गुन ११ गते मंगलबार बाट रास्टिय परिचय-पत्र बितरणका निमित्त तथ्यांक संकलन कार्य सुरु गरिने जानकारी वडा कार्यालय बाट प्रकासित सूचनामा जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख रोहित कुमार साहले कार्यालय भबन उद्घाटन गर्दै वडा कार्यालयका निमित्त २ कठ्ठा १० धुर जग्गादान गर्ने जग्गा दाता गङादेबी घिमिरे लाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

जग्गादाता हरुमा कुसहरी दाहालले १ कठ्ठा ५ धुर तथा कबिन्द्र दाहालले १ कठ्ठा ५ धुर गरि जम्मा ५ कठ्ठा जग्गा वडा कार्यालयलाई नि:सुल्क उपलब्ध गराइएकोले जग्गा दाता महानुभाब हरुलाइ गौरादह नगरको तर्फबाट धन्यवाद तथा आभार प्रकट गर्दै नगर प्रमुख साहले कार्यक्रम सम्बोधनका क्रममा जग्गादाता तथा वडा कार्यालय भबन निर्माणमा प्रत्यक्ष र परोक्ष रुपमा साथ र सहयोग पुर्याउने सम्पुर्णमा धन्यवाद प्रकट गरेका थिए ।

वडा अध्यक्ष हेमन्त कार्किको सभापतित्वमा आयोजित गौरादह नगरका प्रसासकिय अधिकृत राजेन्द्र भट्टराईले संचालन गरेको कार्यक्रममा नगरका विभिन्न वडाका जनप्रतिनिधीहरु , दलगत प्रतिनिधिहरु , बौद्धिक ब्यक्तित्वहरु , सम्बन्धित वडाका जनप्रतिनिधिहरु सम्बन्धित वडाका कर्मचारी तथा सहयोगीहरु सहित बाक्लो रुपमा वडा बासीहरु समुद्घाटन कार्यक्रममा उपस्थित भएका थिए ।