१० बर्षिय विनम्र सुबेदीको ‘हेर्ने आंखा’ सार्बजनिक कति नेपालीहरुको मन छोला ? (भिडियो सहित)

काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । त्यस्तै १० बर्षीय बालक विनम्र सुवेदीको आवाजमा रहेको मन छुने गीत ‘हेर्ने आंखा’ को म्युजिक भिडियो भर्खरै उनकै युटुब चेनेल मार्फत सार्वजनिक भएको छ ।

काठमाडौंस्थित एलिट ग्रयाण्ड स्कुलमा कक्षा ४ मा अध्ययनरत बिनम्र सुवेदी सुमधुर गायन मार्फत दर्शक श्रोताको मन जितेका छन्।गीत्मा सुवास जोशीको संगीत छ भने अकेस्टिक गीतारमा सुवास जोशी, बांसुरी रत्न बिके र तबलामा जगन्नाथ धौगडाको साथ छ । रचना डिपी खनालले गरेका हुन् ।

गोकर्ण जगडोल लगायतको बिभिन्न स्थानमा छायांकन गरिएको सो भिडियो राम्रो बनेको निर्माण पक्षको दावी रहेको छ।विनम्रले आफ्नो स्वर धेरैले रुचाएको भन्दै दर्शक-श्रोता र परिवारप्रति आभार व्यक्त गरेका छन् । सानैदेखि विद्यालयका गतिविधिमा गीत प्रस्तुत गर्दै आएका विनम्र भविष्यमा गायनलाई निरन्तरता दिने सोच रहेको बताउंछन् ।

हेर्नुहोस विनम्र सुवेदी भिडियो :