गौरादह नगरमा रास्टिय परिचय-पत्र ब्यबस्थापन सम्बन्धि अन्तरकृया सम्पन्न : युबराज रेग्मी

फागुन ६ , झापा /

झापाको गौरादह नगरपालिकामा रास्टिय परिचय- पत्र ब्यबस्थापन सम्बन्धि अन्तरकृया सम्पन्न भएको छ । गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साहको सभापतित्वमा गौरादह नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर उप प्रमुख गिता भेट्वाल , प्रमुख प्रसासकीय अधिकृत राजेन्द्र भट्टराई गौरादह नगरपालिकाका कर्मचारी साथै नगर अन्तरगत रहेका ९ वटै वडाका वडा अध्यक्षहरु , वडा सचिबहरु तथा नगरपालिकाका विभिन्न साखामा कार्यरत कर्मचारीहरु अन्तरकृया कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रमलाई सहजीकरण गर्दै झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेस पाण्डेले आगामी आइतबार बाट गौरादह नगरभर ४० वटा केन्द्र मार्फत तथ्यांक संकलन गरिने जानकारी दिएका थिए । विवरण संकलनका निम्ति समाजमा रहेका जेष्ठ नागरीकहरु तथा अशक्त एबम फरक छ्यमता भएका नागरिक हरुलाइ प्राथमिकता दिई कार्यक्रम अगाडि बढाइने जानकारी दिदै विवरण संकलनका निम्ति खटिने इस्यु अधिकारीहरुलाई सोही अनुरुप बिबरण संकलन गर्न गराउन सुझाब दिएका थिए ।

उक्त कार्यका निम्ति सम्बन्धित वडाका जनप्रतिनिधि हरुलाइ सहजीकरण गरिदिन सहायक प्र. जि. अ. पाण्डेले अनुरोध समेत गरेका थिए । बिबरण संकलनका क्रममा आउन सक्ने सम्भाबित अवस्था लाई मध्यनजर गरि आवस्यक सुरक्षा सतर्कताका साथ तथ्यांक संकलन कार्यक्रम अगाडि बढाइने जानकारी समेत दिएका थिए । रास्टिय परिचय- पत्र सम्बन्धि विवरण संकलन तथा बितरण कार्यक्रम देसका ७५३ वटै पालिका हरुमा संचालित गरिने जानकारी गराउदै यो परिचय -पत्र एउटा छुटै बिसेसता बोकेको जैबिक बिबरण भएको स्मार्ट कार्ड परिचय पत्र हुने बताए ।

यस स्मार्ट कार्डमा मानिस -मानिस बिच फरक पर्ने ब्यक्तिको ब्यक्तिगत तस्बिर , औठा छाप ( फिङ्गर पृन्ट ) तथा आखाको रेटिना लाई बिबरणमा संकलन गरि तयार पारिने बताए । यो कार्ड फरक बिबरणहरु राखी तयार पारिने र यसमा १० वटा फरक संकेत नम्बर प्रयोग गरिने र डाटा संकलनका निमित्त परिचय पत्रमा ३०० के. बि . मेमोरी छ्यमता भएको मेमोरी चिप राखी तयार पारिने कार्ड बाट रास्टिय परिचय- पत्र तयार हुने बताए । यो परिचय- पत्र बिबरण दर्ताका निम्ति १६ बर्स उमेर पुगेका नेपाली नागरिक हुनुपर्ने अथवा २०६१ साल फाल्गुन ४ गते अगाडी जन्मिएका ब्यक्तीहरुले यो बिबरण संकलन ( भर्न सक्ने ) गराउन योग्य हुने बताए ।

देसका ७५३ वटै स्थानिय पालिका मार्फत बिबरण संकलन गरिने र सम्बन्धित वडा बाटै यो परिचय- पत्र बितरण गरिने उनले बताए । हाल सम्ममा देस भर बाट प्रथम चरणमा ३५० वटा स्मार्ट कार्ड बितरण गरि सकिएको र अबको चरणमा चार लाख ५० हजार स्मार्ट कार्ड बितरण गरिने जानकारी गराए । २०७६ सालको रास्टिय परिचय -पत्र ऐन अन्तरगत रहेर तयार पारिने यो डिजिटल प्रबिधिको परिचय -पत्र बिश्वका १ सय भन्दा बढी मुलुक हरुमा प्रयोग भैसकेको तथा यो परिचय पत्रको आधारमा नेपाल सरकारले दिइदै आएका सुबिधा हरुलाइ यो परिचय- पत्र सग जोडिने बताए । नागरिकता प्रमाण पत्र , राहदानी , तथा लोक सेवा आयोगको फाराम भर्न पनि यो परिचय पत्रको प्रयोग हुने जानकारी गराउदै हरेक ब्यक्तिको ब्यक्तिगत बिबरण ,ब्यक्तिको उन्नती तथा प्रगतिको बिबरण , बैंक खाता बिबरण हरु यश परिचय पत्रमा समाबेस गरिने जानकारी दिए । राज्य र जनताको सम्बन्ध जोड्दै राज्यमा सुसासन कायम गर्न यो कार्ड कोसे ढुङ्गा साबित हुने बताए ।

बिबरण भर्नका निम्ति आफू हाल बसोबास रहेको पालिका मार्फत आफ्नो स्थाइ ठेगाना उल्लेख गरि बिबरण भर्न सकिने बताए । यो रास्टिय परिचय पत्र बारे महत्व राख्दै बिदेसमा बस्ने नेपाली हरुले आफूहरु यस कार्यक्रममा समाबेस हुने जिज्ञासा् राख्दै उनिहरुको जिज्ञासा् लाई मध्यनजर गरेर उनिहरुलाइ यस कार्यक्रममा आगामी दिनमा समाबेस गरिने लक्ष्य अनुरुप उनिहरुको नेपालको आवस्यक बिबरण भरी परिचय- पत्र दिने योजना रहेको र त्यो परिचय पत्र रास्टिय परिचय पत्र नभएर ” परिचय पत्र “मात्र हुने बताए ।

यो परिचय पत्रको बिबरण दर्ताका निम्ति सम्बन्धित ब्यक्तीको बाहेक अरु कसैको नागरिकता आवस्यक नपर्ने जानकारी समेत गराए। बिबरण संकलनका क्रममा केही समस्या परे आफ्नो (सहायक प्र. जि. अ . को) ब्यक्तिगत सम्पर्क नम्बर ९८६२६७८९९ मा सम्पर्क गर्न तथा इमेल ठेगाना pande123@gmail.com मा मेल मार्फत आफ्ना गुनासा र सिकायत राख्न सकिने बताए ।