समिक्षा अधिकारी र खेम सेन्चुरी को ‘सिरक सिरानी’ चौतर्फि रुचाईयो (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायक खेम सेन्चुरीको आवाजमा रहेको नया गित ‘सिरक सिरानी’ केहि दिन अघि शुभारम्भ डिजिटल म्युजिकको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

गितमा चर्चित एवम् लोकप्रिय गायक एवम् सर्जक खेम सेन्चुरी र लोकप्रिय गायिका समिक्षा अधिकारीको निकै सुमधुर आवाजले सजिएको छ । सर्जक एवम् गितकार नेत्र अर्यालको उत्कृष्ट शब्द सृर्जना एवम् सर्जक खेम सेन्चुरीको लय रचना रहेको गितमा विनोद बाजुरालीको संगित संयोजन रहेको छ । माया पिरिमका कुराहरु गितमा निकै उत्कृष्ट शैलिमा दर्शाईएको छ ।

गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , कपिल लामाले निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै व्यस्त एवम् चर्चित कलाकार सारिका केसी र खेम सेन्चुरीको अभिनय एवम् फिचर रहेको छ । समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ, गितको म्युजिक भिडियोमा अजय रेग्मिको छांयकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

गिक्त गितको म्युजिक भिडियो शुभारम्भ डिजिटलको अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गित रिलिज भएको छोटो समयमै निकै लोकप्रियता कमाएको छ, युटुव देखि टिकटकसम्म निकै हिट वनेको छ भने युटुव ट्रेडिङ्गको 13 ऒं स्थानमा छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :