गायिका प्रेमकला कुवंर मुस्कान को आवाजमा ” आ’त्म ह’त्या ” सार्वजनिक

नेपाली लोकगीत संगीतको क्षेत्रमा आफनो आवाजको माध्यमबाट आम लोकपारखी दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका प्रेमकला कुवंर मुस्कान को आवाजमा रहेको निकै वेदना समेटिएको गीत ” आत्म हत्या “गीतको भिडियो सार्वजनिक भएको छ । आफुले माया गर्ने मायालुलाई मायाबाट विछोडिदाको पिडालाई गीतमा समेटिएको छ ।

हजारौ सपनाहरु भएपनी जिवनमा पाएको चोटको कारणबाट परेको पिडालाई गीतमा समेटिएको छ । शर्मा जीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतलाई महेश पुनले एरेन्ज गरेका छन । सुनिल विसीको छायाँकन तथा सम्पादन र शर्मा जीको निर्देश्न भिडियोमा रहेको छ । गीतमा आकांक्षा केसी , सारदा खरेल लगायतको अभिनय रहेको छ ।