भ्यालेन्टाइन्स डे विशेष : विदेशमा हुँदा अर्कैसँग हिँडेकी श्रीमतिसँग ७ महिनापछि पुर्नमिलन (भिडियोसहित)

उर्लाबारी । आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे, नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट मनाइन्छ ।
माया प्रेममा जे पनि जायज हुन्छ भन्ने उदाहारणहरु पछिल्लो समयका केही घटना क्रमले देखाउँछ । लेटाङ–१ की बुद्धिमाया राई सामाजिक सञ्जालको माध्यमबाट माया प्रेममा परी पाँचथरको मिक्लाजुङ–१ का हिमाल राईसँगे भागे । जबकी बुद्धिमायाका २ छोरी थिए । श्रीमान भूपाल विदेशमा थिए । विदेशमा रहँदा श्रीमति अर्कैसँग भागेको कुराले भूपाल धेरै रोए । त्यसपछि विदेशबाट फर्किए ।

करिब ७ महिना हिमालसँग विताएकी बुद्धिमाया फेरि पहिलो श्रीमान भूपालसँग फर्किएकी छिन् । आफ्नो बुद्धि बिग्रेकाले धेरै माया गर्ने श्रीमान र छोरीहरु छोडेको पछुताउँदै फेरि पुर्नमिलन भएको छ । भूपालले पनि छोरीहरुको मायाले गर्दा एक पटक माफी दिएका छन् । अर्का श्रीमान हिमालले पनि खुशी हुनु पर्ने श्रीमति जिम्मा लगाएका छन् ।