यदि तपाईसँग प्रेम छ भने सम्झनुहोस तपाई संग सबथोक छ्।

समाजसेवी जानकी पन्त लेख्नु हुन्छ :

यदि तपाईसँग प्रेम छ भने सम्झनुहोस तपाई संग सबथोक छ्। तपाई संसारको सबैभन्दा भाग्यशालि व्यक्ति हुनुहुन्छ! किनकि प्रेम सम्पन्नता हो, सम्पूर्णता हो अनि सर्बेसर्बा पनि हो। प्रेम मुटु भित्रको प्यासको तृप्तता पनि हो। प्रेममा जीबन अमर छ, प्रेममा शक्ति र साथयुक्त भक्ती पनि छ। प्रेममा शान्ति, आनन्द र सुरक्षितपनको महसुस पनि छ। प्रेम संकट मोचनको हतियार पनि हो!

प्रेम नै जीवनको स्वर्ण पल हो। प्रेमको फूल मलजल विना फुलिरहने सौभाग्य यहाँ कोहि कसैलाई मात्र मिल्छ! भाग्यमानीको भागमा मात्र प्रेमको ताज शिरमा सधै बनिरहन्छ। त्यसैले प्रेमको महत्व बुझ्नुहोस्, यसको कदर गर्नुहोस अनि हरदिन प्रेमोउत्सब मनाउनुहोस!

प्रेमविना मान्छे बाच्न त् सक्छ तर दिघो सुखी र खुशी हुन् सक्दैन। यदि प्रेम नहुदो हो त यहाँ जीवन पनि हुने थिएन! मानवीय जीवनमा प्रेमप्राप्ति पशुको जस्तै वा भोक अझ भनौं तृष्णा झै मात्र हुने थियो। सृष्टिमा नियम स्थानीयत्वको महत्व हुने थिएँन। सरल भाषामा भन्ने हो भने प्रेमविना जीवनको महत्व रहने थिएँन, यसको रस हुने थिएँन ! प्रेमबिना मनुष्य संवेदनशील प्राणी हुने थिएँन। जीवन आतंक र भयको अर्को रुप हुने थियो। मानवीय शरीरमा शान्तिको निम्ति कुनै सोचनिय शक्ति हुने थिएँन। अझ भन्ने हो भने प्रेमविना यहाँ कुनै जीबन हुने थिएँन, कुनै प्रगती हुने थिएँन।

प्रेम कुनै खोजको प्रश्न होईन् यो त हर समस्याको समाधान हो! प्रेम विश्वासको एक चहकिलो दियो हो अविश्वास होइन! प्रेम सदाबहार सुगन्ध छर्ने एक सुन्दर, शितल, सुकोमल फूल हो, जो हर मौसममा बराबर बर्षा, झरी, घाम, हुरी सबै खाएर पनि मुस्कुराउछ! प्रेम उत्तर हो प्रश्न होइन! प्रेम दोभान हो दोबाटो होईन्। प्रेम शान्ति हो आन्दोलन होईन्। प्रेम समर्पण हो बिसर्जन होइन। प्रेम जोडको लागि हो तोड को लागि होइन! प्रेम वर्तमान हो, भविष्य होइन! प्रेम रंग हो, बेरंग होइन! प्रेम उमंग हो, तरंग होईन।
प्रेम आत्माको सत्कार अनि आस्थाको प्रसाद पनि हो! प्रेम आषिश स्वरूप बरदान पनि हो! प्रेम भगवानको अर्को रुप हो। प्रेम छ्ल कपट, लोभ, लालच, पाप माथिको विजय कवज हो। प्रेम शरीरको एक अदृश्य शिरताज हो। संसार, प्रेमको भवसागर हो। प्रेमको किनारा कही हुन्न।

प्रेमको सहि ब्याख्या शब्दमा बयान गर्न नसके पनि यसलाई आ-आफ्नो अनुभूति द्द्वारा बताउन सकिन्छ! जस्तै गोपिनीहरुको लागि प्रेम कृष्णको मुरली-धुन थियो।अनि लैलालाई हेर्ने मायालु नजर मज्नुसँग मात्र थियो! मज्नुलाई उसका साथीहरूले लैला तिम्रो लागि योग्य छैनन, तिमी किन उसको लागि मरिहत्ते गर्छौ भन्दा उनले फर्काएको जवाफ एक शब्दमा प्रेम बर्णन भएको थियो। अनि सिर-फराह ले राझाँको लागि बगाएको दूधको नहर अनि प्रेमको निशानी स्वरूप बनाएको ताजमहल अझै स-प्रमाण छँदैछ। त्यो हेर्नेको नजरमा महलै भएपनि प्रेमीहरुको लागी एक आस्था अनि एक पवित्र तीर्थस्थल बनेको छ।

अन्तमा, यहाहरु सबैलाई प्रणय दिबसको हार्दिक शुभ कामना! हरेकको जीवन शुखमय, शान्तिमय र प्रेममय बनोस! हर जीबनमा प्रेम र आनन्दको दीप स्वयं बाट जलोस, हर जीबन आफैबाट उत्प्रेरित र उत्साहित होस्! हर बाधा, कठिनाई, दुख, दर्द र चोट लड्न र सहन सक्ने शक्ती परमात्मा बाट सबैमा मिलिरहोस! हर मन सदा सर्वदा खुशी र प्रसन्न रहोस! हर आवाजमा प्रेम र प्रार्थनाको गीत गुन्जिरहोस! हर हृदयमा दया, सेवा, माया र करुणा भाव जागी राखोस! हर परिवारमा हर दिन प्रेम दिवस बनि रहोस🌹🌹💖🙏🙏