प्रखर लेखिका / समाज सेवी / सामाजिक अभियन्ता ज्वाला संग्रौलाले भर्खरै सार्बजनिक गरिन आफ्नो प्रेमिका !

प्रखर लेखिका / समाज सेवी / सामाजिक अभियन्ता ज्वाला संग्रौलाले भर्खरै सामाजिक संजाल मार्फत आफ्नो प्रेम कहानी सार्बजनिक गरेकी छन् । उनि लेख्छिन :

भाग्यमा जे लेखेको छ त्यो मात्र पाईन्छ भनेर कर्म बिनाको उधारो भाग्यको पछि दगुरेको भए आज हामी यसरी संगै कहॅा हुन्थ्यौं र? हामी जे थियौं आफ्नो ठाउॅमा थियौं। बेठाउॅमा त ति मान्छेहरु थिए, जस्ले हामीलाई नै थाहा नभएका अधुरा र अपुरा कहानीहरु अक्षरले भेटेर पनि उधिन्न नसकेका बॅाझा मगजहरुबाट जबर्जस्ती उक्काईहरेका थिए।म देश र दुनियाको लागि दौडिरहॅदा , आफ्नो लागि भन्दा नि अरुकै लागि केहि गरौं भनेर पाईला चालिरहॅदा यॅहा केहि अनैतिक मान्छेहरु मेरो कम्जोरी पत्ता लगाउन खोजिरहेका थिए। म घरको एक कुनामा थुप्रिएर परम्परागत छोरीको जीबन बॅाचेको हेर्न चाहनेहरुले समाजका नमिलेका पर्खाल भत्काएर बिद्रोही बनेर बाहिर आएको कहॅा पचाउॅथे र ? त्यसैले म कोसॅग हिॅड्छु, को सॅग बोल्छु , के खान्छु, के लाउॅछु सॅग निगरानी राख्ने मात्र हैन, मेरो बुडो को हो मेरो प्रेमी को हो, त्यो समेत खोजिरहेका थिए।

आफ्नै जीबनको गाडी राम्रोसॅग चलाउन नसक्नेले अरुको बारे बढि चासो लिएको देख्दा बेस्सरी दया लागेर आउॅथ्यो। बॅाकी मेरो भलो चिताउने मेरा साथीभाइ र शुभचिन्तकहरुले मेरो ब्यक्तिगत जीबनको बारेमा कहिले पनि प्रस्न गरेनन् । उनीहरुले मसंग मात्रै सरोकार राखे, मलाई मात्र पढे, मलाई मात्र बुझे र जीबनका हरेक पाईलाहरुमा , हरेक कदमहरुमा , हरेक चिन्तनहरुमा अनि हरेक सपनाहरुमा उर्जाका रंग भर्दै गए। जस्ले मलाई मनको ॲाखाबाट हेरे, जस्ले मलाई दिलको कुनाबाट सुने, उनीहरुलाई मैले मेरो ब्यक्तिगत जीबनको बारे आफैं बताइदिॅए। आज बिशेष दिन , हामी दुबैजनाको तर्फबाट हामीलाई माया गर्ने जति सबैसबैलाई धेरै धेरै धन्यबाद, माया अनि प्रणय दिवसको शुभकामना । सॅसार चलाउने एकमात्र इन्धन माया हो। सबैलाई माया गरौं, सबैलाइ प्रेम बॅाडौ! धन्यबाद, नमस्कार ♥️♥️