शिक्षक संघ गौरादहको तेस्रो प्रतिनिधीसभा सम्पन्न : सेवानिबृत शिक्षकहरु सम्मानित

फाल्गुन १, झापा /

झापा जिल्ला गौरादह नगरपालिका अन्तरगतको नेपाल शिक्षक संघ स्थानिय समिती गौरादहको तेस्रो प्रतिनिधि सभा आज सनिबार सम्पन्न भएको छ । गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साहको प्रमुख आतिथ्यता र शिक्षक संघ गौरादहका अध्यक्ष रत्न कट्वालको सभापतित्वमा आयोजित प्रतिनिधि सभामा विशिष्ट अतिथीहरु शिक्षक संघ जिल्ला अध्यक्ष नेत्र प्र. खरेल , शिक्षक महासंघ जिल्ला उपाध्यक्ष बद्री कार्की , शिक्षक मैत्री सहकारीका जिल्ला अध्यक्ष प्रकाश भण्डारी , शिक्षक संघ रास्टिय प्रतिनिधि गोपाल चन्द्र भुजेल , नेपाली काङ्ग्रेस गौरादह नगर सभापती यादब राज सेडाइ लगायतको उपस्थिति रहेको कार्यक्रमलाई समितिकी कोसाध्यक्ष दुर्गा गौतम घिमिरेले स्वागत गरेकी थिइन ।

गौरादह नगरपालिका वडा न ८ मा पर्ने निर्माणाधिन नमुना बिद्यालय प्रगती मा. बि. को सभाहलमा आयोजित कार्यक्रम कार्यसमिती सचिब मेघराज अधिकारिले सन्चालन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथी नेत्र प्र. खरेलले संघीय शिक्षा ऐन ल्याउन नसक्नु शिक्षा छेत्रको मुख्य समस्या रहेको बताए । श्रम ऐन कार्यान्वयन हुन नसक्नु केन्द्रमा रहेको शिक्षक महासंघको नेतृत्व नै मुख्य कारक तत्व रहेको बताए ।

पेसागत हक हितका निमित्त ट्रेड युनियन मार्फत जिम्मेवारी पाएका प्रमुख नेतृत्वमा रहने हरुनै सरकारको वरिपरि घुम्ने भएकोले हाल उक्त समस्या यथावत रहेको प्रस्ट पारे । नेपालमा शिक्षकको हक हितका लागि भए गरेका उपलब्धीहरु काङ्ग्रेसको सरकारको पालामा मात्र भएको र हरेक साना ठुला उपलब्धी हरु नेपाल शिक्षक संघको नेतृत्वकै कारणले गर्दा सम्भब भएको बताए । उपलब्धिको पुरानो इतिहास खोतल्दै २०४७ सालमा अन्तरिम सरकारका प्र. म . कृष्ण प्रसाद भट्टराईको पालामा ठूलो संख्यामा रहेका अस्थाइ शिक्षकहरु स्थाइमा रुपान्तरण गरिएको अबगत समेत गराए । त्यस पश्चात् २०५३ सालमा पनि अस्थाइ रहेका शिक्षक हरुलाइ स्थाइ गरिएको तर उक्त बिसयमा सर्बोच्चमा मुद्दा परि स्थाइत्व कार्य पूरा नभएको बताए ।

त्यस पश्चात् पनि काङ्ग्रेस नेता महेस आचार्य अर्थ मन्त्री रहेको बखत आम शिक्षकको तलबमान वृद्धि गरिएको स्मरण गराउदै गिरिजा प्रसाद कोइराला प्रधान मन्त्री रहदा अस्थाइ रहेका शिक्षकहरुलाई स्थाइ गराइएको ईतिहास बताए । त्यस पश्चात् सेर ब. देउवा प्र. म. भएको बखत गोपाल मान श्रेष्ठ शिक्षा मन्त्री रहदा शिक्षकका धेरै समस्याहरु समाधान गरिएको बताए ।

साथै शिक्षक लाई पोसाकको प्रबन्ध गराउन ,बाल बिकास र राहत शिक्षकका समस्या र साबिक उच्च मा. बि. का शिक्षक हरुको समस्या समाधानमा पनी शिक्षक संघको योगदान उल्लेख्य रहेको जानकारी गराए । अर्को फरक प्रसङ्ग उल्लेख गर्दै हाल देसका प्र. म. ओलिले संसदले सरकार दिननसक्ने प्राबधानमा मात्र तल्लो सदन (प्रतिनिधि सभा ) बिघटन गर्न सकिने अवस्था लाई बाइपास गरि स्वेच्छाचारी र नाटकिय ढंगबाट गरिएको संसद बिघटनको कदम संविधान माथिकै बलात्कार भएको बताए । ओलि सरकारले ३ बर्सको अबधिमा सरकारको प्रमुख प्रतीपक्ष दल नेपाली काङ्ग्रेसले सदन अबरुद्ध नगर्दा उनी स्वेच्छाचारी ढङ्गले चलेको अबगत गराउदै हाल ओलि सरकारले पुस ५ गते चालेको प्रतिगामी कदम बिरुद्दमा आगामी फाल्गुन ३ गते हुने जिल्ला स्तरिय बिरोध सभामा उल्लेख्य मात्रामा सहभागिता जनाउन आम शिक्षक हरुलाइ अनुरोध समेत गरे । ।

शिक्षक संघ पेसागत हक हितका लागि मात्र नलडेर गलत कार्यको बिरोध असल कार्यको समर्थन र ऐक्यबद्धताकार्यमा अहोरात्र लागिपर्ने अबगत गराउदै गौरादह नगरपालिकामा छैटौं नगर सभा द्वारा पारित शिक्षाको बजेट सातौं नगरसभा मार्फत विभिन्न सिर्सकहरु कटौती गर्दै रकमान्तर गरिएको विषय तथा नगर द्वारा बिनियोजित प्रोत्साहन भत्ता नगर सभाद्वारा कटौती गरिनु निरीह शिक्षक माथिको लज्जाजनक व्यवहार रहेको बताउदै गौरादह नगर महासंघले अन्तर्राष्ट्रिय श्रम ऐनले निर्धारण गरेको श्रमिकको न्युनतम पारिश्रमिक रु १३४५० कायम गराउन तय गरेको चरण बद्द आन्दोलनमा तमाम शिक्षक हरुलाइ अनुरोध गर्दै उक्त आन्दोलनमा नेपाल शिक्षक संघ जिल्ला कार्यसमिती आवस्यक साथ र सहयोग गर्न तत्पर रहेको बताए । पेसागत सस्थाको जिम्मेवारी लिने नेतृत्व तहलाई सचेत गराउदै श्रमिकको सोसण भएको बिसय उठान गर्न नसक्नेले पेसागत सस्थाको नेतृत्व छोड्न अनुरोध गर्दै लोकतन्त्र रक्षा भए मात्र ट्रेड युनियन अधिकार रक्षा हुने प्रस्तोक्ती ब्यक्त गरेका थिए । साथै शिक्षक आफ्नो कार्यरत छेत्रमा कटिबद्ध हुन अनुरोध गर्दै हाम्रो बिद्यालय राम्रो बिद्यालय बनाउने कार्यमा लाग्न अनुरोध गरेका थिए ।

कार्यक्रमका अर्का बक्ता जिल्ला प्रतिनिधि विशिष्ट अतिथी बद्री कार्किले पेसागत हकका लागि नेतृत्व मा रहने शिक्षक आफ्नो सेवा निबृती साथै आफ्नो ट्रेड युनियन बाट पनि निबृत हुने भएकोले नेपाल शिक्षक महासंघ झापा जिल्लाको अध्यक्षको नेतृत्वमा रहेका बुद्धिमान कार्की अब महासंघको अध्यक्ष नरहेको बताउदै उनी रहेको घटक युनियनलाई नेतृत्वको लागि अर्को प्रतिनिधि पठाउन अनुरोध गर्दै त्यस्ता सेवा निबृत अध्यक्षहरु लाई नैतिक रुपमा औपचारिक कार्यक्रमहरुमा आथित्यता ग्रहण गराउन नमिल्ने बताउदै त्यस्ता प्रकृतिका कार्यक्रम हरु आफू द्वारा बहिस्कार गरिने उद्घोष समेत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी रोहित कुमार साहले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका निम्ति इस्थानिय सरकार अहोरात्र लागि परेको बताए ।


नगरको नेतृत्वमा आफू आए पश्चात् विभिन्न शिक्षक हरुलाइ दबाब र प्रभाबमा पार्ने , साङठनिक हिसाबले शिक्षक हरुलाइ प्रधानाध्यापकहरु द्वारा विभेद गर्ने पेसागत सस्थामा आवद्ध भए सरुवा प्रकृयामा सहयोग गर्ने झुटो आस्वासन बाड्ने जस्ता कार्य केही हद सम्म रोकिएको बताए । नगर सभा सदस्यहरुद्वारा बेरुजु आउने बहानामा बाल शिक्षक र कर्मचारीको प्रोत्साहन भत्ता कटौती गरिएको बिसय सुधार गर्न आफू तयार रहेको बताए । सामुदायिक बिद्यालय मात्र नभएर नगरभर रहेका सस्थागत बिद्यालयमा पनि कोभिड १९ प्रकोपको समयको पारिश्रमिक कटौति गरि श्रम सोसण गरेको बिसयमा सस्थागत बिद्यालय शिक्षक युनियन द्वारा नगरपालिकामा आफ्नो समस्याबारे सुनुवाइ गरिदिन गरिएको उजुरी आएको र उक्त समस्या पनि समाधान गराउन नगरपालिका तयार रहेको बताए ।

प्रदेस तथा संघीय सरकार सामुदायिक बिद्यालयको भौतिक पुर्बाधारका निम्ति उल्लेख्य मात्रामा बजेट बिनियोजित हुँदै गरेको बताउदै नगर भित्र रहेका सम्पुर्ण सामुदायिक बिद्यालयको भौतिक सुधारका निम्ति नगरपालिका हरदम लागिपरेको बताउदै शिक्षकको पेसागत हकहित माथी नगरपालिका बाट कुनै किसिमको अन्याय नहुने बताए । कार्यक्रमको अबसरमा गौरादह नगरपालिकाका सामुदायिक बिद्यालयमा कार्यरत रहि २०७५/०७६ मा सेवानिबृत हुने शिक्षक संघमा आबद्द ६ जना शिक्षकहरु गाेपालप्रसाद पाेखरेल, तुलसीप्रसाद भट्टराई ,भीममाया उप्रेती खवास , पहाडसिंह राजवंशी , नरबहादुर कार्की र हरिप्रसाद पाठक लाई दोसल्ला तथा कदरपत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रममा सस्थाका अध्यक्ष रत्न कट्वालले सस्थाको बार्सिक प्रतिबेदन प्रस्तुत गरेका थिए । त्यसै गरि सस्थाका सचिब मेघराज अधिकारी द्वारा साङगठनिक प्रतिबेदन र अर्थ -सचिब युबराज रेग्मिले सस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापनका क्रममा कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख साहलाई सस्थाको तर्फ बाट मायाको चीनो स्वरुप समयको सूचक भित्ते घडि द्वारा सम्मान गरिएको थियो ।