चर्चित गायक कुलेंद्र बिक लगायत नायिका निता ढुंगाना अभिनित ”जुनकिरी” मा यो जोडी कति सुहायो (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा बहु प्रतिभाका धनी सर्जक तथा गायक कुलेंद्र बिक र मेलिना राइ को आवाज रहेको नयाँ गीत जुनकिरी सार्वजनिक भएको भयो ।

गीत सार्बजनिक भएको छोटो समयमै चौतर्फी प्रसंसा पाइरहेको छ । गीतलाई प्रह्लाद सुबेदीले शब्द सिर्जना गरेका छन् भने लय सिर्जना योगेश काजी को रहेको छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको गीत कुलेंद्र बिक को युटुब चेन्नल मार्फत सार्बजनिक गरिएको छ । गीतको भिडियोमा नायिका निता ढुंगाना , गायक कुलेंद्र बिक, मनिष सिलवाल लगायत नथुनी जैसवाल को अभिनय देख्न सकिन्छ ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :