नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि गगन थापाले आक्रोश, ‘उहिले महाराजा अहिले राष्ट्रपति !’

काठमाडौँ, २९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले असंवैधानिक कदमविरुद्ध बोल्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाउनुभएको छ । नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि थापाले उक्त आरोप लगाउनुभएको हो ।

राष्ट्रपतिलाई मानमर्दन गरेको आरोपमा नेकपा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले प्रकाउ गरेलगत्तै थापाले समाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ – कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति !

सरकारको त्रासले सत्ताको पक्षमा बोल्न नछाड्ने उहाँले बताउनुभयो । ‘सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन’, थापाले उल्लेख गर्नुभएको छ ।