प्रम ओलिको कदम बिरुद्द झापाली पत्रकारहरु सडकमा : प्रतिगमन विरुद्ध संचारकर्मिको आन्दोलन मुलुककै ऐतिहासिक

युबराज रेग्मी झापा २७ माघ

प्रधानमन्त्री तथा नेकपका अध्यक्ष समेत रहेका के. पि. सर्मा ओलिले संविधानमै नभएको प्राबधान प्रयोग गरि गत पुस ५ गते संसदको तल्लो सदन ( प्रतिनिधि सभा ) बिघटन गरेर अलोकतान्त्रिक , गैर- संबैधानिक तथा प्रतिगमनकारी कदम चालेकोले उक्त कार्यको विरुद्धमा मुलुकको इतिहासमै पहिलो पटक झापाली संचारकर्मीहरु आन्दोलित भएका छन ।

ओलिकै गृह जिल्ला समेत पर्ने झापाका संचारकर्मगर्नेहरु आफ्नो दैनिक कामकाज छोडेर प्रतिगमन बिरुद्द एक्यवद्धता जाहेर गर्दै आज मङलबार मध्यान १२:०० बजे एकै साथ सडकमा ओर्लिएका थिए ।

नेपाल प्रेस युनियन झापा र प्रेस संगठन झापा द्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा सस्था सम्बद्ध झापाली सञ्चारकर्मीहरुले प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमको चर्को रुपमा आलोचना ब्यक्त गरेका थिए ।

लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, असंवैधानिक कदम तुरुन्त सच्याऊ, प्रतिगमन मुर्दावाद लगायतका नारा सहित प्ले कार्ड बोकि बिरोध स्वरुप निधारमा कालो पट्टी बाधेर झापा जिल्लाको ब्यापारिक नगरी विर्तामोडको मध्यभागमा पर्ने मुक्ती चोक परिक्रमा गरि बिरोध सभा आयोजना गरेका थिए ।

प्र.म.ओलिलाइ तानाशाहको जस्तो दिवा सपना नदेख्न सचेत गराउदै सञ्चारकर्मीहरुले बिगतका काल खण्डहरुमा पनी राजनैतिक परिवर्तन ल्याउन दर्विलो रुपमा ऐतिहासिक योगदान पुर्याएको स्मरण गराएका थिए ।
ओलिको कदम बिरुद्द संचारकर्मी र पत्रकारहरुले ओलिको गृह जिल्ला समेत पर्ने नेपालको सुदुरपुर्बी जिल्ला झापाबाट थालिएको यो आन्दोलन प्रतिगम नसच्याइए देशव्यापी रुपमा बिरोध कार्यक्रम बिस्तार गरि प्रतिगमन बिरुद्द आन्दोलनको आधिबेहरि ल्याउने बताए ।

हाल सम्म पनि एका दुई व्यक्तिहरु प्रधानमन्त्रीको यस कदमप्रती अलमल र भ्रममा रहेको बताउँदै झापाली सञ्चारकर्मीले यसै बिरोध कार्यक्रम मार्फत दुबिधा र भ्रममा नपरि प्रतिगमन बिरुद्द्को आन्दोलनमा एक्यबद्ता जनाउन आग्रह समेत गराएका थिए ।
ब्यापारिक नगरि विर्तामोडको दुर्गामन्दिर परिषरबाट शुरु भएको बिरोध र्याली बजार परिक्रमा गरि मुक्ती चोक ट्राफिक कार्यालय नजिक बिरोधसभामा परिणत भएको थियो ।

बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ झापाका पूर्वसभापति कृष्ण हुमागाँईले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई मदारीले नचाएको बाँदरको संज्ञा दिदै लोकतन्त्रका शासकहरु निरंकुसतन्त्रका शासक रहने बताए । हाल प्र.म. ओली सोही गलत बाटोमान हिंडेको बताउदै लोकतन्त्रमा त्यस्ता शासकलाई जनताले कदापी साथ नदिने धारणा समेत ब्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाले आन्दोलन प्रति ऐक्यवद्धता जनाउँदै प्राप्त परिवर्तनको रक्षाका निम्ति पत्रकार र नागरिक समाजले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदै आफ्नै गृह जिल्लाका प्रधानमन्त्री भएर पनि गर्व गर्न नसक्ने काम गरेका कारण पत्रकारहरु सडकमा आन्दोलित हुन बाध्य भएको बताए ।
बिरोध कार्यक्रममा प्रेस संगठन प्रदेश न १ अध्यक्ष राजन केडी, नेपाल प्रेस युनियन केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य तीर्थ सिग्देल, फोनिज प्रदेश १ इन्चार्ज दिपीन राई, प्रेस संगठन प्रदेश सदस्य सुब्रत न्यौपाने, नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, सञ्चारकर्मी एबम साहित्यिक श्रस्टा लीला अनमोल तथा इन्द्रसिंह राजवंशी लगायतले प्रदर्शनमा ऐक्यवद्धता जनाएका थिए ।

नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली र प्रेस संगठन झापा अध्यक्ष मुक्ति पौडेलको संयुक्त अध्यक्षता रहेको कार्यक्रममा सकृय रुपमा झापाका विभिन्न संचार माध्यममा कार्यरत ११५ जना कृयासिल पत्रकारहरु एकै साथ सडकमा ओर्लिएका थिए ।