मर्नु भन्दा अगाडी आमाको मुख हेर्न चाहन्छु भन्दै छोरी रुदै आइन, मन थामेर हेर्नुहोला, ११ बर्षदेखि आमाको खोजीमा

काठमाडौ । आमा भन्ने शब्द सुन्दानै यति मिठो सुनिन्छ कि लाग्छ यस्मा सबै समस्याका समाधान छन, त्याग छन, मेहनत छन र सबै दुख भुलाएर सुखमा रमाउन सक्ने खुशीहरु छन । हो आज हामी त्यही आमाको बारेमा चर्चा गर्दैछौ जस्ले ११ बर्ष अगाडिनै यि नानीलाई छोडेरे भागेकी थिईन । कुनै कुनै आमाहरु त यति निर्दयी हुन्छन कि आफना सन्तान नि आफना सम्झदैनन र चटक्कै माया मारेर जान सक्छन अर्कैस“ग भने कसैलाई यति धेरै बाध्य पारिन्छ कि उनीहरु नचाहदा नचाहदै पनि आफना छोराछोरीहरु स“ग छुटिएर बस्न बाध्य हुन्छन ।

हो आज हामी यस्तै घटना जुन घटना रामेछाप जिल्लाकी यि १९ बर्षिय युवतीको बारेमा भन्दैछौ । यिनको नाम हो निरुता नेपाली जो आफनी आमालाई खोज्दै ११ बर्षदेखि भौतारिरहेकी छिन । ८ बर्षमै यिनलाई यिनकी आमा ज्ञानु नेपालीले छाडेर गईन कारण थियो बुवाले दिनरात आमालाई कुटनु र झगडा गर्नु तर अहिले आफनी आमाको खोजीमा गाउदेखि काठमाडौसम्म आईपुगेकी छिन । निको हुने गाह्रो हुने रोगले ग्रसित यि युवती आफनी आमालाई मर्नुभन्दा अगाडि भेटेर आमा भन्दै काखमा सुम्सुमाउदै मर्ने इच्छा रहेको बताउछिन निरुता ।
आमालाई सम्झेर अंगालो हालेर सबै दुख पोख्न मन लागेको बताउछिन, हेर्नुहोस |