१८ महिना छोरी छोडेर अर्कैसँग गरिन् विहे । ७ महिनापछि सम्पत्ति कुम्ल्याएर फेरि पूर्व श्रीमानसँग भागिन् । श्रीमान रुदै मिडियामा । (भिडियोसहित)

झापा । बैदेशिक रोगजारीको क्रममा हुँदा सामाजिक सञ्जालमा चिनजान भएर विवाह गरेका पाँचथरको मिक्लाजुङ १ का हिमाल राई यतिबेला श्रीमति बुद्धिमाया मगर राईको खोजी छन् । लेटाङका श्रीमान भूपाल राईसँग सम्बन्ध विच्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बताएकी थिइन् । कुराकानीको क्रममा बुद्धिमायाको पीडा देखेर हिमालले दुबईमा रहँदै विवाह गर्ने बताएका थिए ।

त्यसपछि विदेशबाट आएर हिमालले विवाह पनि गरे । तर, विवाह गरेको ७ महिनापछि फेरि पूर्व श्रीमान भूपालसँग भएभरको सम्पत्ति लिएर गएपछि यतिबेला आँशु झार्दै मिडियामा आएका छन् ।