‘नेपाल टप’ गर्ने सुम्निमा श्रेष्ठ, यिनै हुन् कक्षा १२ को परीक्षामा सबैभन्दा बढी अंक ल्याएर सम्मान स्वरुप १/१ सेयर गरौ !

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को परिक्षाफल सार्वजनिक गरेको छ । सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा बुटवलकी सुम्निमा श्रेष्ठ नेपाल टप भएकी छन् । उनले जीपीए ४ अंक हासिल गर्दै नेपाल टप गरेको बताइएको छ । मुलुकभरवाट कक्षा १२ को परिक्षामा ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ति सबैलाई उछिन्दै बुटवलको न्यू होराइजन इङलिस सेकेण्डरी स्कूलमा अध्ययनरत सुम्निमा नेपाल टप भएकी हुन् ।

सिम्बोल नम्बर २४९०११८८ रहेकी मा विज्ञान संकायकी छात्रा सुम्निमाले सबै विषयमा ४।६९ क्रेडिट आवर र प्राक्टिकलमा १।५६ अंक गरी जीपीए ४ हासिल गरेको सो विद्यालयले पुष्टि गरेको छ ।

विद्यालयका कक्षा १२ संयोजक प्रकाश खनाल आफ्नो विद्यालयकी छात्रा नेपाल टप भएकोमा खुसी ब्यक्त गरे । उक्त विद्यालयबाट विज्ञान संकायबाट ५७ जना र व्यवस्थापन संकायबाट ३३ जनाले परीक्षा दिएकामा २३ जनाले ए प्लस ग्रेड हासिल गरेका छन् ।

विज्ञान संकायबाट सक्षम देवकोटा र अमृत अर्यालले ३।९२ जीपीए र व्यवस्थापन संकायकी दिब्या उपाध्यायले ३।८४ जीपीए हासिल गरेका खनालले बताए ।