धोका दिएको ब्वाइफ्रेण्डको खुलाशा : वर्षा शिवाकोटीको ब्रेकअपः (भिडियोसहित)

अभिनेत्री वर्षा शिवाकोटीको ब्रेकअप भएको छ । अमेरिकामा रहेका प्रेमी सविनजंग बस्नेतले सामाजिक सञ्जालमा लामो पोष्ट लेख्दै वर्षासँगको सम्बन्धमा पुर्णविराम लागेको खुलाएका छन् ।

सामाजिक सञ्जालमा लेखेको लामो सन्देशमा सविनले वर्षाले धोका दिएको मात्र जोडेका छैनन्, अफ्ठ्यारो समयमा साथ नदिएको दुःख पनि पोखेका छन् ।

इन्स्टामा राखेको लामो पोष्टमा सविनले लेखेका छन्, ‘ म ट्रमाटाइज्ड महसुस गरिरहेको छु । म फेरि विश्वास गनृ सक्दिन । मैले एक व्यक्तिमा सारा प्रयास र शक्ति खर्च गरेँ त्यो मेरै अगाडि फ्याँकियो ।

थप भिडियोमा हेर्नुहोस्: