यति मिठो नेपाली बोल्छिन्- अफ्रिकी गायिकाले गाइन् नेपाली राष्ट्रिय गान (भिडियो)

काठमाडौं– नेपाली फिल्मका चर्चित ‘भिलेन’ राजेन्द्र खड्गीले तयार गरिरहेको फिल्म ‘चिकंचाको पैसा खान गाह्रो’ जोडिएपछि यतिखेर चर्चामा छिन्, अफ्रिकी मुलकी गायिका बियोन्सी । यूगान्डाबाट नेपाल आएकी बियोन्सीले खड्गीको फिल्ममा स्वरमात्रै दिएकी छैनन्, अभिनयसमेत गर्न भ्याइसकिन् ।

यिनै गायिकाले हालै हाम्रो कला टिभीसँगको कुराकानीमा नेपालीबाटै संवाद गरेकी छिन् । त्यस्तै नेपालको राष्ट्रिय गानसँगै नेपाली गीत समेत गाएकी उनले नेपाल र नेपाली आफूलाई असाध्यै मनपर्ने बताएकी छिन् ।

उनी कसरी नेपाली बोल्छिन्, आउनुस् भिडियोमा हेरौँ उनीसँगको रमाइलो कुराकानी :